गठबन्धन होइन बहुमतको सरकार

संविधान जारी भएपछि जनताको पहिलो चाहना थियो, ‘यथाशक्य छिटो निर्वाचन होस् र निर्वाचनद्वारा बहुमतको स्थिर सरकार गठन होस् ।’ जनताको यो चाहना करिबकरिब पूरा हुने क्रममा छ । संविधानमा ४० प्रतिशत समानुपातिक निर्वाचन प्रणालीको प्रावधान राखिएका कारण बहुमतको सरकार बन्न सक्दैन कि ? भन्ने आशंका भने यथावत थियो । तर, दुई ठूला पार्टी नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल एवं पार्टी एकीकरणको सहमतिपछि जनताको त्यो आशंका पनि दूर भयो । वाम तालमेल भएपछि नेपाली कांग्रेस पनि गैरकम्युनिस्ट पार्टीस“ग चुनावी तालमेल गर्न बाध्य भयो । एकातिर वामगठबन्धन र अर्कातिर लोकतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्धा भएपछि बहुमतको सरकार गठन हुने दिशातिर मुलुक गयो । करिबकरिब दुईतिहाइ बहुमतको नजिक पुग्नेगरी जनताले वाम गठबन्धनलाई मतदान गरे । यसपटक जनताले वाम गठबन्धनलाई दुईतिहाइ बहुमतमा पु¥याउनुको विशेष कारण छ । ०४८ साल यता पा“च वटा आमनिर्वाचन भए । जसमध्ये ०४८ र ०५६ मा जनताले कांग्रेसलाई स्पष्ट बहुमत दिए तर दुवैपटक कांग्रेसको आन्तरिक खिचातानीका कारण संसद् विघटन भयो । ०५१, ०६४ र ०७० सालका आमनिर्वाचनमा कुनै पार्टीले बहुमत प्राप्त गर्न नसक्दा संसद्मा फोहरी खेल भयो । नौ÷नौ महिनामा सरकार गठन र विघटनको खेल भइरह्यो । सांसदहरू खरिदबिक्री हु“दा लोकतन्त्र नै बद्नाम भयो । यो दुश्चक्रबाट मुलुकलाई जोगाउन यतिबेला जनताले वाम गठबन्धनलाई बहुमत दिएका हुन् ।

अब एक/दुई दिनभित्रै निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाउ“दै छ । बहुमत प्राप्त पार्टीको संसदीयदलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गर्ने पहिलो संवैधानिक प्रावधान छ । कुनै पार्टीको बहुमत नआएको अवस्थामा दुई वा सोभन्दा बढी दलको सहमति लिई बहुमतको सुनिश्चित प्रत्याभूति दिने नेतालाई प्रधानमन्त्री पदमा नियुक्त गर्ने दोस्रो प्रावधान छ । यस्तो अवस्था नरहेमा संसद्को सबैभन्दा ठूलो को नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने तेस्रो प्रावधान छ । जनताले यतिबेला चाहेको पहिलो प्रावधान अनुसारको सरकार हो । राष्ट्रपतिले आह्वान गर्नुअघि नै एमाले र माओवादीबीच पार्टी एकीकरण भएन भने जनताको यो चाहना पूरा हु“दैन । वाम गठबन्धनका लागि पहिलो प्राथमिकता भनेको तत्काल पार्टी एकीकरण गरी संसदीयदलको नेता चयन हो । मतदाताको चाहना तथा पूर्वसहमतिअनुसार एमाले र माओवादीबीच तत्काल पार्टी एकीकरण जरुरी छ ।
चुनावअघि नै पार्टी एकीकरण गरेको भए वामगठबन्धनले अझै धेरै सफलता हासिल गर्ने रहेछ भन्ने कुरा मत परिणामले पुष्टि गरिसकेको छ । सूर्य चिह्न लिएका उम्मेदवारहरू थोरै मात्रै पराजित भए, ह“सिया हथौडा चिह्न लिएका उम्मेदवारहरू धेरै पराजित भए । वाम गठबन्धनले पहिलो अवसर त चुकाइसकेको छ । अब दोस्रो अवसर भनेको राष्ट्रपतिले आह्वान गर्नुभन्दा पहिले नै पार्टी एकीकरण गर्नु हो । यदी बहुमत प्राप्त संसदीयदलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने पहिलो प्रावधान कार्यान्वयन हुन सकेन भने पार्टी एकीकरण सहज हु“दैन । दोस्रो वा तेस्रो प्रावधानमा जानुपर्ने वाध्यता कुनै हालतमा आउनु हुन्न । विगतमा जस्तै गठबन्धन सरकार गठन गर्नुपर्ने वाध्यता उत्पन्न भयो भने पार्टी एकीकरण र स्थायी सरकार बन्ने संभावना टाढि“दै जान्छ । प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्ने जनम्यान्डेट पाएको कांग्रेस पनि पार्टी सदृढीकरण गर्नुपर्ने आवश्यकतालाई बिर्सेर सत्ता समीकरणको खेलमा सामेल हुनेछ ।

 

प्रतिक्रिया