नेपाली कांग्रेस किन पराजित भयो

नेपालमा प्रजातन्त्रका लागि लडेको पुरानो पार्टी नेपाली कांग्रेस भर्खरै भएको निर्वाचनमा तेस्रो पार्टी बन्नै सुरमा पुगेको छ । तथापि यो पहिलोपटक भने होइन । ०५१, ०६४ सालमा पनि पराजय भोगेको थियो । हरेक राजनीतिक परिवर्तनपछि परिवर्तनको सच्चा पहलकर्ता रहेता पनि केही अपवादबाहेक कांग्रेसले हार चाखिरहेको छ । यो कांग्रेसको महानता मानिन्छ हारबाट पराजित मानसिकता बोकेर एकआपसमा हिलो छ्याप्ने, गालिगलौज सत्तोसराप गर्ने, घोचपेच गर्ने कांग्रेसको चरित्र होइन ।

बेहोरिरहेको हारमा बेखुसी हुनुभन्दा पनि लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षता, संघीय संसद्, प्रदेससभाको कार्यान्वयन भएकोमा कांग्रेसले खुसी मान्नुपर्छ । जुन कांग्रेस नेतृत्वको सरकारले गरेको हो । यत्रो महान् कार्य गरेको कांग्रेस सत्ताबाट बाहिरिनु अथवा सत्ता जननिर्वाचितहरूलाई हस्तान्तरण गर्न आतुर हुनुपर्नेमा हारको पीडामा छटपटिनु शोभायमान देखिँदैन । देश प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रले नहारे कांग्रेस, एमाले, एमाओवादी जो कोहीले हार्दा आक्रान्त हुनुपर्दैन । इतिहास हेरे पुग्छ जब कृष्णप्रसाद भट्टराईले संविधान बनाउनुभयो अनि निर्वाचन गराउनुभयो हार्नुभयो तर पीडा मान्नुभएन । किनकी उहाँ प्रजातन्त्रवादि हुनुहुन्थ्यो उहाँले जित्दा मात्र प्रजातन्त्र रहने हार्दा प्रजातन्त्र खत्तम हुने होइन उहाँमा शालीनता थियो सहजै हारलाई पचाउनुभयो पुनः निर्वाचनमा जित्नुभयो अनि प्रधानमन्त्री बन्नुभयो ।

यो देश सबैको साझा हो । जनता जनार्दनबाट मत पाएर जसले जिते ती प्रजातन्त्रका रखबार गर्ने हेराला हुन् । मैले सत्ता छाडे अब प्रजातन्त्र सकिन्छ भन्ने सोच एकतन्त्री विचार हो । यो चिन्तन पालिरहे कांग्रेस अर्कोपटक पनि हार्छ । यो देश बनाउन प्रजातान्त्रिक आन्दोलनका अर्का सहयात्री मित्रहरू आउनुभएको छ न के थाहा उहाँहरूले हामी कांग्रेसलेभन्दा देश जनताका लागि राम्रो गर्नुहुन्छ कि जसरी पनि देशलाई उँभो लगाउने हो हामी हुनैपर्छ भन्ने छैन प्रजातन्त्र हो जनताले वामपन्थीहरूलाई मन पराए जाँच्न चाहे ठीकै छ हेरौँ न त भन्ने आँट र साहस राख्नुपर्छ । सत्तालोलुपता र सत्ताउन्मादका कारणले जनताले डिलमै पु¥याएको बिसर्नु हँुदैन ।

कांगे्रस किन हा¥यो ? यो यक्ष प्रश्न हो । सांगठनिक कमजोरी, रणनीतिक अभाव, पार्टी चलाउने कौशल नभएर जे पनि भन्न सकिन्छ तर यसपटक जनताले एमालेलाई मूलतः प्रयोग गरेर हेर्न चाहेकै हो यसमा दुई मत छैन । चुनावमा वामपन्थी आए रुन पाइन्न, संविधान खत्तम गर्छ , तानाशाही आउँछ, ५० वर्षसम्म चलाउँछ आदि कुराहरू कांग्रेसले उठायो तर जनताले कांग्रेसले एमाले र एमाओवादीलाई राम्ररि बुझेका छन् । एमाओवादी, एमाले, कांग्रेसका खाने, बस्ने, चुठने, उठ्ने सबै जनतालाई थाहा छ । ०६४ मा किन गिरिजाप्रसाद कोइरालाले चुनाव गराए जबकि उनिलाई स्प्रष्ट थाहा थियो कि कांगे्रसले हार्छ भनेर । तर, उनीले यो राम्ररी बुझेका थिए कि कांग्रेस हार्दैमा देशले हार्दैन त्यसका लागि उनि चुनावमा होमिए ।

पराजयलाई आत्मसात गरे । त्यसपछि जनताले एमाओवादीलाई ठेगान लगाए फेरि कांग्रेस आयो यो कुरा स्पष्ट छ । पार्टी कार्यालयमा बिपी, सुवर्ण, गणेशमान, गिरिजाप्रसाद कृष्णप्रसाद र सुशील कोइरालाको फोटो झुन्डाउनेहरूले थाहा पाउन् कि तिनिहरू कांग्रेसका लागि गुरु, मार्गदर्शक, अग्रज हुन् । नाटकका लागि देखाउन तिनीहरूको फोटो पार्टी कार्यालयमा झुन्डाइएको होइन ।
कांग्रेस नेतृत्वले चुनावमा टिकट वितरणमा नातावाद, कृपावाद, डनवाद, नोटवाद, गुटवादलाई प्राथमिकता दिएको र प्रजातन्त्र, समाजवाद, राष्ट्रियतालाई लत्याएको कुरा साँचो हो । तर, त्यसमा शेरबहादुर देउबालाई मात्रै दोषी देख्नु पूर्वाग्रह हो ।

केन्द्रीय समितिले देउवालाई लगाम लगाउनु पथ्र्याे । चुपचाप बस्ने अनि पराजय भएपछि नेतृत्वलाई गाली गर्नुभन्दा आपूmलाई कहाँनेर त्रुटि भयो केलाउनुपर्छ समीक्षा गर्नुपर्छ । तत्काल केन्द्रीय समितिको बैठक डाकी निर्वाचनको बारेमा चिरफार गर्नुपर्छ । अब पाँच वर्ष देश वामपन्थीले चलाउँछन् । कांग्रेसले सकारात्मक विपक्षमा रहेर गुणदोषको आधारमा सरकारका काम कारबाहीलाई केलाउनुपर्छ ।

कांग्रेसको हारका कारण केलाउँदा गुटउपगुटको राजनीति, आइजिपी भर्ना काण्ड, सुशीला कार्कीमाथि महाअभियोग, भारतीय नाकाबन्दीप्रति मौनता, आदि चर्चित विषय हुन् भने पार्टीभित्र भएको चरम गुटघात प्रतिघात मुख्य छन् । प्रजातन्त्रको दोकान अब पुरानो भइसक्यो । अब कांग्रेस नयाँ रूपमा आपूmलाई ढालेर परम्परागत सोचबाट माथि उठनुपर्छ । अहिले चुनावमा कांग्रेसका केही प्रभावशाली नेताले जितेका छन् । जसका पछाडी निजहरूको व्यक्तित्व, मतदाताप्रति लगाएको गुन तथा केही जातीय मत परेको छ । काठमाडौंको समग्र परिणाम हेर्दा जातीयता हाबी देखिन्छ ।

यो खतराको परिसूचक हो । चुनावमा कांग्रेसको कसरत नपुगेको देखिन्छ । यस अलाबा उम्मेदबार छनोटमा ढिलाइ र नेताहरू जिल्ला नफर्किने प्रकृति ठालुपना साथै अहं अहंकारको भूमिका पनि छ । साथै स्पष्ट नारा विचार कार्यक्रम नभएको साथै भद्दा चुनावी तैयारी तथा गैरजिम्मेवारी किसिमका अभिव्यक्ति तथा हरेक नेताले आपूmलाई भावी प्रमको रूपमा प्रस्तुत गर्ने, आन्तरिक रूपमा चुनावी तयारीविना मैदानमा गएकाले यो हार भोग्नुपरेको छ ।

साथसाथै पार्टीभन्दा व्यक्तिगत हाबीको नेतृत्ब र कार्य समितिका सदस्य पदाधिकारीको कायरता, नालायकिपना तथा आप्mना कुरा विचार असहमतिलाई पार्टीभित्र नल्याई बाहिर मिडियामा छताछुल्ल पार्ने अर्को चुनौति थियो । चुनावमा जित्नका लागि सबल सक्षम उम्मेदबार चयन गर्नुपर्नेमा गुटको कोटामा उम्मेदबार चयन गरियो । साथै एमालेको बहुदलीय जनवादको एजेन्डा आइसकेपछि अब सबै लोकतन्त्रवादी भइसकेपछि कांग्रेसको आप्mनो पहिचान के एमाले, माओवादीभन्दा के कुरामा फरक छ यो जनमानसमा बुझाउन सकेन । कांग्रेसले नेतृत्व गरी पहलमा भएका सकारात्मक मुलुकलाई दीर्घकालसम्म फाइदा गर्ने कामको फेहरिस्ता लिएर जनतासामु जानुपथ्र्याे तर गएन । लोडसेडिङजस्तो विषयमा हल्का रूपमा प्रस्तुत भयो आप्mनो बारेमा पनि सही उचित विज्ञापन गर्न सकेन केबल प्रजातन्त्रको रटान गरिरह्यो जो पुरानो भइसक्यो ।

क्षणिक लाभ र पदलोलुपताका लागि ८४ प्रतिशत हिन्दू भएको मुलुकमा धर्मनिरपेक्षताको एजेन्डामा सहमति ग¥यो । त्यसको मूल्य अहिले चुकाउँदै छ । क्षणिक लहड र उक्साहटमा लागेर बिपीपथ छाडेर प्रचण्डपथमा लाग्यो । कांग्रेसलाई भोट दिने जमातलाई बेवास्ता गरी व्यक्तिगत स्वार्थ परिबारवाद तथा धनवादमा लाग्यो । पार्टी संस्थागत गर्नभन्दा गुट संस्थागतमा लाग्यो । विदेशीको लहलहैमा लागेर नेपालीको आस्थामा चोट पुग्ने काम ग¥यो । आप्mनो पहिचान बिर्सेर अस्ति आएको पार्टीसँग समकक्षी भएर आपूmलाई आँकलन ग¥यो । पुरानो त्यागी संर्घषशील पार्टीले आप्mनो पहिचान औकात बिर्सेकोले पनि हार हुन गयो ।

भूकम्पपीडितलाई उचित राहत घर निर्माणमा पहल नगरी कार्यकर्ता भर्ती केन्द्र बनाई पीडितको समस्यालाई उपहास ग¥यो । छिमेकीमुलुक भारतको गलत कदमलाई विरोध नगरी मौन रह्यो । आपूmले तराईका पार्टीहरूलाई संविधानसभामा ल्याएको कुरा संविधान जारिगरेका कुरा निर्वाचन गराएका कुराको यथार्थमा जनतामा बुझाएर मत लिन सकेन । पार्टीलाई प्रजातान्त्रिक रूपमा अगाडि लैजान सकेन । पार्टीलाई क्लबजस्तो सञ्चालन गरेको परिणाम हो यो ।

अबका दिनमा पार्टी सुद्धीकरण सदृढीकरण गरेमा पाँच वर्ष टाढा छैन । कांग्रेसको अपरिहार्यता मुलुकलाई छ । यसको भविष्य छ तर कांगे्रस व्यक्तिवाद, परिबारवाद, गुटवाद, धनवादबाटमाथि उठ्नुपर्छ । भष्ट्राचार, लोडसेडिङ, भूकम्पराहत पुनर्निर्माण, भारतको नाकाबन्दी महाअभियोग धर्मनिरपेक्ष आइजिपी प्रकरणमा नेपाली कांगे्रसले गल्ती गरेको हो । त्यसको मूल्य चुनावमा पराजय भोगेर कांग्रेसले तिर्दै छ ।

प्रतिक्रिया