कोरियन एम्बेस्डर तेक्वान्दो च्याम्पियनसिप बिहीबारदेखि

काठमाडौं २७ मंसिर । आठौँ कोरियन एम्बेस्डर ओपन तेक्वान्दो च्याम्पियनसिप बिहीबारदेखि हुने भएको छ । नेपाल तेक्वान्दो संघ र नेपालका लागि दक्षिण कोरियाको दूतावासको संयुक्त आयोजनामा उक्त च्याम्पियनसिप आगामी बिहीबारदेखि सोमबार (२८ मंसिरदेखि २ पुस) सम्म सञ्चालन हुनेछ । उक्त च्याम्पियनसिपका खेल सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको नवनिर्मित एकेडेमी हलमा सञ्चालन हुने प्रतियोगिता संयोजक नविनकुमार श्रेष्ठले जानकारी दिए ।

च्याम्पियनसिपमा फाइटतर्फ सिनियर पुरुष र महिलाका समान ८ तौलसमूह तथा जुनियर महिला र पुरुषको समान ८ गरी कुल ३२ स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजक समितिका सचिव कुमार लामा घिसिङले जानकारी दिए । पुम्सेमा व्यक्तिगत क्याडेटतर्फ (१४ वर्षमुनि) पुरुष र महिलाका २ स्वर्ण, जुनियर पुम्से (१५–१७ वर्ष) मा महिला र पुरुष २ स्वर्ण र पेयर पुम्सेमा प्रतिस्पर्धा हुनेछ ।

महिला टिम र पुरुष टिम पुम्से, सिनियर (१८ देखि २९ वर्ष) को व्यक्तिगत महिला र पुरुष पुम्से, पेयर पुम्से तथा महिला टिम र पुरुष टिम पुम्से गरी ७ स्वर्णका लागि खेल हुनेछन् । ३० वर्षदेखि माथिको व्यक्तिगत पुम्सेतर्फ महिला र पुरुष, पेयर पुम्से, महिला टिम र पुरुष टिम पुम्सेमा प्रतिस्पर्धा हुने संघले जनाएको छ । फाइटतर्पm १७ स्वर्ण र पुम्सेमा ३२ स्वर्ण गरी कुल ४९ स्वर्णका लागि १४ सय खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक समितिका सचिव कुमार लामा घिसिङले जानकारी दिए ।

प्रतिक्रिया