एनआरएन बेल्जियमको अध्यक्षमा लोक दाहाल बिजयी, महासचिवमा आङमाया लामा

lok dahal electionबेल्जियम, २० भदौ । गैर आवसीय नेपली संघ बेल्जियमको अध्यक्षमा लोक दाहाल निर्वाचित भएका छन । एनआरएनए बेल्जियमको २०१७–२०१९ दुई बर्षे कार्यकालका लागि सेप्टेम्बर ३ मा निर्वाचन भएको थियो ।

आफ्नो प्रतिस्पधि सन्तोष श्रेष्ठ ९सुवास० लाई २ सय ४२ मतले पछि पार्दै दाहाल बिजय भएका हुन । बिजय दाहालले ११८३ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धि श्रेष्ठले ९४१ मत प्राप्त गरेका छन् ।

बेल्जियम एनआरएनमा पराजित श्रेष्ठ जनसम्र्पक समिति बेल्जियमका पुर्व अध्यक्ष समेत हुन , उनलाई अर्को राजनीतिक संस्था प्रवासी नेपाली मञ्चको सर्मथन रहेको थियो ।

उनी बेल्जियमका दुई ठुला संगठनका साझा उमेदवार हुन । श्रेष्ठले लोकतान्त्रीक समाबेशी समुहको नेतृत्व गरेका थिए । दाहाल आफु जन प्रगतीशीलका मञ्चका नेता भए पनि उनलाई जनजाति महासंघ, राप्रपा, बिप्लव (माओवादी)का साझा उमेदवार भएका थिए ।

कमजोर संगठनका बाबजुद निर्वाचनमा होमीएका दाहाललाई उनको काम गर्ने सैलीलाई देखिर लोकप्रिय मत दिएर विजय गराएका छन । सामजिक क्रियाकलापमा दृढ दाहालले नेपालका बिभिन्न ठाँउमा सामाजिक काम गरेका छन् ।

उनले निर्वाचित भएसंगं नेपाली दाजुभाइ दिदीबहिनीलाई एनआरएनको जिमेवारी दिएकोमा धन्यवाद व्यक्त गरे । उनले सबैलाई मिलाएर यो सामाजिक अभियानमा लग्ने विश्वास व्यक्त गरे ।

छैटौं अधिबेशनबाट बरिष्ठ उपाध्यक्षमा कमल पन्थी बिजय भएका छन, प्रथम उपाध्यक्षमा गोबिन्द सिंखडा निर्विरोध भएका थिए । अन्य दुई उपाध्यक्षमा योगिता थापा र खडक केसी बिजय भएका छन ।

महिला उपाध्यक्षमा अनुजा प्रधान निर्विरोध चयन भएकी थिईन । महासचिवमा कोषध्यक्षसमेत रहेकी आङमाया लामा शेर्पा निर्वाचित भएकी छन । कोषध्यक्षमा रोशन गुरुङ निर्वाचित भए, सचिवद्धयमा प्रेम तिमल्सिना र जिवन शर्मा निर्वाचित भएका छन ।

छैटौ अधिबेशनले महिला सचिवमा मुना ताम्राकारmाई निर्वाचित गरेको छ । महिला संयोजकमा हरि भट्टराई, युवा संयोजकमा रविन पण्डित, कार्यकारी सदस्यहरुमा चीज कुमार श्रेष्ठ ९सिलुी सबै भन्दा बढी मत ल्याई बिजय भएका छन ।

त्यस्तै अन्य सदस्यहरुमा राजु घिमिरे, कुल बहादुर धर्ती, किरण पुन, दिपक न्यौपाने, आङबाबु शर्पा, मिन दोर्जे थापालाई दुई बर्षको लागि निर्वाचित गरेको छ ।

निर्वाचित घोषण सभामा एनआरएनए आईसीसी सचिव अर्जुन कुमार श्रेष्ठ, एनआरएनए बेल्जियम सस्थापक अध्यक्ष रबिन्द्रमा श्रेष्ठ, महिला सह-संयोजक रजनी प्रधान, एनआरएन युरोप संयोजक कुल आर्चाय, सह-संयोजक प्रेम गुरुङ, एनआरएनए बेल्जियमका पुर्व अध्यक्षहरु त्था बिभिन्न संघ-संस्थाका प्रतिनिधि तथा एनआरएनए अभियन्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

एनआरएन बेल्जियमको नवनिर्वाचित अध्यक्ष लोक दाहालले कार्यक्रममा भने,‘बेल्ज्यिमको छैटौं अधिवेशन अन्र्तगतको निर्वाचनमा अध्यक्षको उमेदवार म, लोक दाहाललाई सम्पूर्ण बेल्जियमवासी प्रिय नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले अपार माया, विश्वास र भरोसा राखी अध्यक्ष जस्तो गरिमामय पदमा निवार्चित गराउनु भएकोले म सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुप्रति हार्दिक कृतज्ञता प्रकट गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

तपाईहरुको विश्वास र भरोसालाई आत्मसाथ गर्दै यस एनआरएन बेल्जियमको २०१७-२०१९ को कार्यकाललाई विशेष तवरले योजना वनाउदै बैज्ञानिक ढंगले कार्यक्रमहरु तय गर्दै कार्यक्रमहरु संचालन गर्नेछु ।

साथै निर्वाचनमा भाग लिनु हुने सम्पूर्ण साथीहरुलाई निर्वाचनमा हुने जित हार स्वाभाविक प्रक्रिया भएकाले आगामी दिनहरुमा संगै हातेमाले गरी अगाडि वढ्न समेत आव्हान गर्दछु ।

अन्त्यमा यस निर्वाचनलाई अत्यन्त सौहार्द वातावरणमा सम्पन्न गर्न सहयोग पु¥याउनु हुने सम्पूर्ण महानुभावहरु, निर्वाचन समितिका सदस्यहरु, निर्वाचन आयुक्त, एनआरएनका अग्रजहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

प्रतिक्रिया