दाहालद्वारा एनआरएनए बेल्जियमको अध्यक्ष पदमा उम्मेवारी घोषणा

lok dahalबेल्जियम, १७ भदौ । गैर आवसीय नेपाल संघ (एनआरएनए) बेल्जियमको आगामी नयाँ कार्यसमिति निर्वाचनका लागि अध्यक्षमा वर्तमान महासचिव लोक दाहालले पनि उम्मेदवारी दिने भएका छन् ।

अधिबेशन नजिकदैं गर्दा बेल्जियममा चुनावी सरगर्मी बढेको छ। लामो समय देखि बेल्जियमलाई आफ्नो कर्म थलो बनाउँदै आएका दाहाल सफल व्यवसायीका रुपमा चिनिन्छन् । महासचिव हुदाँ निकै लोकप्रिय काम गरेका उनले आगामी २ बर्ष २०१७–२०१९ कार्यकालका लागि उम्मेदवारी दिएका हुन्।

बेल्जियमको आन्तोर्पेनलाई आफ्नो कर्म क्षेत्र बनाउँदै आएका दाहाल सन १९९९ देखि बेल्जियममा व्यवसायसंगै सामाजिक कार्यमा पनि सक्रिय रहँदै आएका छन्। जनप्रगतिशिल मञ्चको वरिष्ठ उपाध्यक्ष समेत रहेका दाहाल सन २०१३ देखि २०१५ सम्म नेपाली ब्यवसायी संघ बेल्जियमको महासचिव रहेर काम गरेका थिए।

बेल्जियमको राष्ट्रिय भाषा डचको राम्रो ज्ञान भएका दाहाल २०७२ वैशाख १२ गते नेपालमा आएको महाविनाशकारी भूकम्पपश्चात ‘पिपुल टु पिपुल बेल्जियमु संस्था मार्फत बेल्जियमका प्रख्यात डाक्टर लिएर नेपाल पुगेका थिए। आफू सहमतिबाटै नेत्रित्व चयन होस् भन्ने पक्षमा रहेको दाहालले बताए।

प्रतिक्रिया