अमिता र दीपक पराजित

Amita Giri Receving Gift from NTA president Raju Gurungकाठमाडौं १२ भदौ । ताइपेइमा जारी २९औँ युनिभर्सियाड २०१७ अन्तर्गत ब्याडमिन्टन महिला एकलमा नेपालकी खेलाडी अमिता गिरी पराजित भएकी छिन् । अमिता बेल्जियमकी खेलाडी लियाने तानसँग २–०ले स्तब्ध भइन् । अमिता ओलम्पियन लियानेसँग पहिलो सेट २१–१० ले गुमाइन् । उनीले दोस्रो सेट पनि २१–१६ ले गुमाएपछि प्रतियोगिताबाट बाहिरिइन् ।

ताइपेइ जिम्नेजियममा भएको पुरुष एकलको खेलमा पनि नेपाली खेलाडी पराजित हुन पुगे । दीपक बोहरा क्यानडाका खेलाडी जासन एन्थोनी हो सुइसँग २१–५ र २१–८ ले पराजित भए । अर्को खेलमा शैलेस दाहाल सुरिनेमका खेलाडी देलान दियान्तोसँग २१–१५ र २१–१० ले पराजित भए ।

प्रतिक्रिया