काठमाडौं २१ असार । भोजपुर जिल्ला दोभाने वडा नं. ७ निवासी लाक्पा शेर्पा तथा आङ पसी शेर्पाको ४ वर्षीया छोरी वाङ्मु शेर्पाको आँखाको क्यान्सर उपचारका लागि दक्षिण कोरियाबाट १ लाख ४१ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । भोजपुर दोभाने ९ बाक्सिन्दाका छेपाल शेर्पाले सो सहयोग रकम संकलन गरी पठाएका थिए । परिवारको आर्थिक अवस्था कमजोर भएकाले गर्दा सामाजिक सञ्जालमार्फत सहयोग रकम संकलन गरिएको हो ।
सहयोगका लागि आदिवासी जनजाति युवा महासंघ उपाध्यक्ष एवं सञ्चारकर्मी डोमा शेर्पाले अभियान चलाएकी थिइन् । उपचारका लागि अमेरिका, दक्षिण कोरिया, कतारबाट सहयोग आइरहेको अभियन्ता डोमाले बताइन् । अहिले वाङ्मुलाई अन्तर्राष्ट्रिय बाल अस्पतालको आइसियुबाट निकालेर कान्ति बाल अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया