गर्मीसँगै ‘लू’को जोखिमबाट कसरी बच्ने ?

तराईका जिल्लाहरूमा देखिएको तातो हावा लु बाट बच्न दिउँसोको अत्यधिक गर्मीमा बाहिर ननिस्कन, काम परेमा बिहान वा साँझको समयमा गर्न, पर्याप्त मात्रामा पानी तथा झोलिलो खानेकुरा सेवन गर्न र आवश्यक आराम गर्न विज्ञहरुको सुझाव छ । तातो हावाले डिहाइड्रेसन, गर्मीजन्य थकान, हिटस्ट्रोक र मुटुमा दबाब जस्ता लक्षणहरू देखिएमा तत्काल स्वास्थ्यकर्मीसँग परामर्श गर्न विज्ञहरुको आग्रह छ ।

अहिले तराईको तापक्रम बढेसँगै सचेत रहन सबैतिरबाट आग्रह गरिएको छ । विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालका विभिन्न क्षेत्रमा तातो हावा (लू) को जोखिम बढ्न थालेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आवश्यक सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ । मन्त्रालयको आग्रहपछि धेरैमा त्रास समेत उत्पन्न हुने गरेको छ ।
तराईका जिल्लाहरूमा देखिएको तातो हावा लु बाट बच्न दिउँसोको अत्यधिक गर्मीमा बाहिर ननिस्कन, काम परेमा बिहान वा साँझको समयमा गर्न, पर्याप्त मात्रामा पानी तथा झोलिलो खानेकुरा सेवन गर्न र आवश्यक आराम गर्न विज्ञहरुको सुझाव छ । तातो हावाले डिहाइड्रेसन, गर्मीजन्य थकान, हिटस्ट्रोक र मुटुमा दबाब जस्ता लक्षणहरू देखिएमा तत्काल स्वास्थ्यकर्मीसँग परामर्श गर्न विज्ञहरुको आग्रह छ ।

विज्ञका अनुसार तातो हावाले आँखा र छालामा दीर्घकालीन प्रभाव समेत पर्न सक्ने भएकाले उच्च तापक्रमका बेला घरबाहिर निस्कँदा आवश्यक सावधानी अपनाउनुपर्ने हुन्छ । ‘हिट वेभ’का कारण आँखा तथा छालामा दीर्घकालीन समस्याहरू हुन सक्ने भएकाले सचेत रहन विज्ञहरुको आग्रह छ ।

यस्तो बेला बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरू उच्च जोखिममा रहने भएकाले विशेष सतर्कता अपनाउनुपर्ने विज्ञको सुझाव छ । तातो लहरको जोखिमबाट बच्न धूमपान तथा मद्यपानबाट टाढा रहन, शरीरमा पानीको मात्रा सन्तुलित राख्न र स्वास्थ्यमा कुनै असामान्य समस्या देखिएमा तत्काल स्वास्थ्यकर्मीसँग परामर्श लिन पनि विज्ञहरुको सुझाउँछन् ।

विज्ञका अनुसार मनसुन सुरु भएसँगै तातो हावाको जोखिममा पर्न सक्ने हुन्छ । यस्तो बेला बढी तापक्रम हुने ठाउँमा बस्ने नागरिकले दैनिकीमा सोहीअनुसार तालमेल मिलाउनुपर्ने उनीहरुको सुझाव छ ।

०००

के हो ‘लू’ ?

विज्ञका अनुसार तातोहावा (लू) भनेको लामो समयसम्म अत्यधिक गर्मी रहने अवस्था हो, जुन प्रायः उच्च आद्र्रतासँगै देखिने गर्छ । कुनै निश्चित क्षेत्रको सामान्य औसत तापक्रमभन्दा निकै माथि तापक्रम पुगेको अवस्थामा ‘लू’ घोषणा गर्ने गरिन्छ । जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम वृद्धि भइरहेकाले तापलहरको जोखिम बढ्दै गइरहेको विज्ञको तर्क छ । तातो हावाका कारण शरीरमा पानीको कमी (डिहाइड्रेसन) र हिटस्ट्रोकको जोखिम हुने गर्छ । यसले मुटुसम्बन्धी समस्याको जोखिम पनि बढाउन सक्ने विज्ञहरूको चेतावनी छ ।

जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम बढ्दै जाँदा ‘लू’ लाग्ने गरेको पाइएको छ । पछिल्लो समय अव्यवस्थित सहरीकरणका कारण पनि ‘लू’को जोखिम बढ्दै गएको छ । कंक्रिटका भवन र सडकहरूले ताप सोस्ने भएकाले सहरहरूमा यसको जोखिम अत्यधिक हुने गर्छ । वन फँडानीका कारण प्राकृतिक चिसोपन घटेरसमेत तातो लहर चल्ने गरेको विज्ञ बताउँछन् । त्यसैले यी समस्या देखिने स्थानमा बसोबास गर्नेले यस्तो बेला बढी सचेत हुनपर्ने देखिन्छ ।

०००

‘लू’का लक्षणहरू

बारम्बार प्यास लागिरहनु ।

अनुहार रातो हुनु, टाउको दुख्नु, दिगमिग हुनु र वान्ता हुनु ।

अत्याधिक तापक्रमका कारण बेहोस हुनु । रिंगटा लाग्नु ।

नाडीको गति धेरै बढ्नु, बिरामीको शरीरको तापक्रम १०१ देखि १०४ सम्म हुनु ।

बिरामीमा छटपटी र उदासीनताको भाव देखिनु ।

यस्तो समस्या देखिएमा ‘लू’को प्रथम उपचार भनेको शरीरको तापक्रम कम गर्नु हो । ‘लू’बाट पीडित व्यक्तिलाई शीतल, स्वच्छ हावा र वातावरण चिसो भएको राम्रो ठाउँमा सुताउनुपर्छ । यदि कसैलाई ‘लू’ लाग्यो भने नजिकको चिकित्सकबाट तुरुन्त प्राथमिक उपचार गराउनुपर्छ, जसका कारण समयमा नै सबै कुराको नियन्त्रण गर्न मद्दत पुग्छ ।

डा.अरुणा उप्रेती, पोषणविद्

भन्छिन्, ‘‘लू’ लागेको बिरामीले जीवन रक्षाका लागि घोल (नुन, चिनी, कागती र पानी) समय–समयमा पिइरहनुपर्छ ।’
यस्तैगरी ‘लू’ लागेपछि स्पन्ज (कपडा) लाई पानीमा भिजाएर बिरामीको निधार, हात, खुट्टामा दल्नुपर्छ । यसका साथै निधारमा बरफको पट्टी राख्नुपर्छ । ‘लू’ लागेमा पाकेको तित्री (इमली) को गुदीलाई हत्केला र खुट्टाको पैतालामा लगाउनाले ‘लू’को असर कम हुन्छ । इमली पानी पिउनाले ‘लू’बाट तुरुन्तै राहत प्राप्त हुन्छ ।

‘लू’ लागेको बिरामीलाई दही र मौसमी फलफूल जस्तै सुन्तला, अंगुर, खरबुजा र मौसमको रस पिउन दिनुपर्छ । यस्तै पुदिनाको सर्वत पिउनाले पनि ‘लू’बाट राहत प्राप्त हुन्छ । ‘लू’ लागेमा प्याजलाई पकाएर त्यसमा जिरा, चिनी र गाईको घिउ मिसाएर बिरामीलाई खान दिनुपर्छ । यसो गर्दा बिरामीलाई धेरै आराम मिल्छ ।

‘लू’बाट बच्न काँक्रोको सेवन निकै राम्रो मानिन्छ । गर्मी मौसममा काँक्रो खानाले शरीरले शीतलता प्राप्त गर्दछ । जसबाट एकाएक ‘लू’को असर हुन दिँदैन । यस्तै बेल, आँप, कागतीको सर्वतको सेवन पनि यस्तो बेला निकै राम्रो मानिन्छ । यसले हाम्रो शरीरमा पानीको स्तरलाई कायम गरिराख्छ । जसले निकै हदसम्म ‘लू’बाट बचाउन पनि सहयोग पु¥याउँछ ।

गर्मीको मौसममा कहिलेकाहीँ टाउको, खुट्टा तथा हातहरूमा मेहन्दी लगाउनाले पनि ‘लू’को असर कम हुन्छ । घाममा निस्कनु पर्दा खाली पेट निस्कनु हुँदैन, कागतीको सर्वत भए पनि पिएर निस्कनुपर्छ । खानाका साथै यस्तो बेला सकेसम्म धेरैभन्दा धेरै पानी पिउनुपर्छ । घाममा धेरै ननिस्कनु नै उत्तम उपाय हो । यदि निस्कनै छ भने शरीरलाई सूतीको कपडाले पुरै ढाकेर मात्र निस्कनु पर्छ ।

०००

तारिएका खानेकुराहरू तथा चिल्लो–पिरो खानेकुरा खानु हुँदैन । तातो हावा चल्ने र ‘लू’ लाग्ने स्थानमा बस्नेका लागि नुन, चिनी तथा कागतीको रस (भिटामिन–सी) को जीवन रक्षक तरल पदार्थ वरदान मानिन्छ । प्रायः हल्का खाना खानु राम्रो मानिन्छ । तर, यस्तो बेलामा धेरै व्रत बस्नु हुँदैन । मदिरापान नगर्नु नै उत्तम हुन्छ । भोजनमा प्याज, पुदिना, सलाद तथा काँचो आँपको चाना बढी खानुपर्छ ।

थोरै मात्र लापरवाहीले पनि तातो हावा चल्ने र निकै गर्मी स्थानमा बस्नेलाई ‘लू’ले आफ्नो सिकार बनाउन सक्छ । त्यसैले हरेक सानोभन्दा सानो कुरामा ध्यान दिनुपर्छ । यदि एसी अथवा कुलरको अगाडि बसिएको छ भने, पनि अत्यधिक घाम अथवा हावामा एकैपटक निस्कनु राम्रो हुँदैन । एसीमा बस्दा रक्तनलीहरू संकुचित हुन्छन् । अचानक एसीबाट सोझै चर्को घाममा जानाले शरीरको तापमान अचानक परिवर्तन हुन्छ । जसबाट खुम्चिएको रक्तनलीहरू अचानक फैलिन थाल्छ र ब्लड प्रेसर बढ्छ । यस्तो स्वास्थ्यमा गम्भीर असर पु¥याउन सक्छ ।

त्यसैले आफू बसेको स्थानको मौसम वातावरण र अवस्थालाई हेरेर आफ्नो जीवनशैली चलाउनु पर्दछ । यसबाट बच्नका लागि एउटा सरल तरिका के छ भने एसीमा बसिएको छ भने पनि बाहिर आएको केही समयका लागि कुनै शीतल ठाउँमा बसेर शरीरको तापमानलाई सामान्य बनाउनुपर्छ । कुनै पनि प्रकारको क्रिम लगाएर घाममा निस्कनु हुँदैन । विज्ञका अनुसार क्रिम तैलीय पदार्थ भएकाले त्यसलाई लगाउनाले छालाको रौँ छिद्र बन्द हुन्छ । जसबाट पसिना नआउनाले शरीरको तापमान नै असन्तुलित हुन पुग्छ । त्यसैले यस्ता कुरामा ख्याल गरियो भने, आउन सक्ने समस्याबाट बच्न सहयोग पुग्ने विज्ञ सुझाउँछन् ।

पानी बारम्बार पिइरहनुपर्छ ः डा.अरुणा उप्रेती, पोषणविद्

अहिले तराईमा निमै गर्मी बढेको छ । प्रायः तराईमा गर्मी बढेसँगै ‘लू’ लाग्ने गर्छ । ‘लू’ लाग्नु भनेको चर्को घाम लाग्नु र तातो हावा चल्नु हो । यो समान्य कुरा होइन । तातो हावा चलेको बेला शरीरको तापक्रम धेरै बढेको हुन्छ । कतिपय मान्छे यस्तो बेला बेहोस भएर ढल्ने गर्छन् । ‘लू’ लागेपछि बच्चाहरू धेरै बिरामी हुने, झाडावान्ता लाग्ने जस्ता समस्या देखा पर्छन् । त्यसैले गर्मीका बेला तराईका कतिपय विद्यालयहरू बन्द गर्ने पनि गरिन्छ ।

तातो हावा चल्छ त्यस्तो ठाउँमा बस्नेले मध्यान्हमा घरबाट बाहिर निस्कनु हुँदैन । तर, बाहिर ननिस्केर पनि सम्भव नहुन सक्छ । यदि बाहिर निस्कनै परेमा प्रयाप्त मात्रामा पानी पिएर बाहिर निस्कने र यसरी बाहिर निस्कदा पातलो सुतीको शरीर ढाक्ने लुगा लगाउने गर्नुपर्छ । यस्तै छाता ओढ्ने, सलले टाउको छोप्ने, कालो चस्मा लगाउने गर्नुपर्छ ।
‘लू’ लाग्ने ठाउँको मान्छेले बाहिर निस्कदा ख्याल गर्नुपर्ने अर्को कुरा भनेको, टन्न पानी खाएर बाहिर निस्कने र पानी बोकेर हिँड्ने गर्नुपर्छ । पानी बारबार पिइरहनुपर्छ । पहिला त सुनिन्थ्यो, प्याज खाएपछि ‘लू’ लाग्न कम हुन्छ भनेको र खाएको र बोकेर हिँडेको पनि देखिन्थ्यो । त्यसो त यसको वैज्ञानिक तथ्य भने छैन । यतिबेला तराई जहाँ ‘लू’ लाग्ने र तातो हावा चल्ने गरेको छ,त्यस्तो ठाउँका लागि सातु पानी पनि धेरै राम्रो मानिन्छ ।

‘लू’का कारण धेरै गाह्रो हुँदा रुखको छहारी पनि निकै राम्रो हुन्छ । यदि कसैलाई ‘लू’ लागेर बेहोस् भएमा शरीरको लुगा खोलेर चिसो पानीले भिजाएको कपडाले शरीर पुछ्नुपर्छ । कहिलेकाहीँ तापक्रम धेरै भएमा मान्छेको ज्यानै पनि जान सक्छ । त्यसैले ‘लू’बाट बच्ने उपाय भनेको सकेसम्म घरबाट बाहिर ननिस्कने, निस्कनै परेमा छातासहित पानी बोकेर जाने र भोको नबस्ने गर्नुपर्छ । यसका साथै कागती, चिनी र नुन राखेको पानी खानुपर्छ । अझ दही मोही, सख्खर पानीमा नुन राखेर खानु राम्रो हुन्छ ।

यस्तो बेला कतिपय मान्छे गुल्कोज पानी खाने भन्छन् तर त्यो भन्दा राम्रो सख्खर पानी हुन्छ । यसले शरीरबाट पसिनासँगै गएको नुनलाई पूर्ति गर्ने काम गर्छ । शरीरबाट धेरै गुल्कोज बाहिर जाँदा पनि बेहोस हुने समस्या हुन सक्छ ।

तराईमा धेरै गर्मी भएर तातो हावा चलेपछि बिरामीको चाप हुने गर्छ । त्यसैले यस्तो बेला बाहिरको खाने कुरा खानु हुँदैन । बाहिरको खाने कुरा स्वास्थ्यका लागि राम्रो हुँदैन । कसरी बनाएको हुन्छ ? कहाँ राखेको हुन्छ । यसले ‘फूडप्वाइजन’ गराउन सक्छ ।

अहिले तराईमा निकै गर्मी र तातो हावा चलेको छ । यस्तो बेला सबैले सचेत हुनुपर्छ । कति बेला कसरी बाहिर निस्कने र के खाने के नखाने भन्ने कुरामा ख्याल गरियो भने, स्वास्थ्यमा धेरै समस्या नआउन सक्छ ।

प्रतिक्रिया