अर्का पोर्चुगिचलाई पनि कर छलीको आरोप

arka portugues mathi kae chhali aarop
लन्डन ७ असार । रियल मड्रिडका पूर्वप्रशिक्षक जोसे माउरिन्होमाथि स्पेनिस अधिकारीले ठगीको आरोप लागेको छ । हाल इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक माउरिन्हो पनि कर छलीको मुद्दामा तानिएका छन् । यसअघि पनि पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डोमाथि कर छलीको आरोप लागिरहँदा अर्का पोर्चुगिच प्रशिक्षक माउरिन्होमाथि त्यसै किसिमको आरोप लागेको छ । स्पेनिस अधिकारीले मोउरिन्होमाथि २०११ र २०१२ मा ३ दशमलव ६ मिलियन डलर कर छलीको आरोप लगाएका छन् । पछिल्लो समय स्पेनमा लगातार फूटबलका स्टार कर छलीको मुद्दा खेपिरहेका छन् । यद्यपि माउरिन्होले त्यसविषयमा केही बोलेका छैनन् । (एजेन्सी)

प्रतिक्रिया