बालाजु टिम च्याम्पियन

काठमाडौं । नेपालको बालाजु कराते प्रतिष्ठानले तेस्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि जितेको छ । बालाजुले ११ स्वर्ण, ६ रजत र ७ कांस्य जित्यो । नेपाल सितोरियो करते डो संघ, शाखा डोजा सामाखुसीद्वारा आयोजित प्रतियोगितामा भारत दोस्रो भयो । भारतले १ स्वर्ण, ६ रजत र २३ कांस्य हात पा¥यो । तेस्रो स्थानमा चित्त बुझाएको श्रीलंकाले १ स्वर्ण, २ रजत र ५ कांस्य प्राप्त ग¥यो ।
प्रतियोगिताको पुरुषमा भारतका आयुश तिप्रे तथा महिलामा नेपालकी प्रास्ना थापा उत्कृष्ट खेलाडी चुनिए । पुरुषमा नेपालका रसेश महर्जन तथा महिलामा नेपालकै जिया खड्गी उदीयमान खेलाडी घोषित भए । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगितामा बुटवलले अनुशासित टिमको उपाधि हात पा¥यो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । (सौस)

प्रतिक्रिया