नेइमार, पोग्बा र ग्रिजम्यान उत्कृष्ट हुन –हजार्ड

लन्डन । बेल्जियन चेल्सीका इडन हजार्डले विश्व फुटबलमा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई विस्थापित गर्न सक्ने तीन खेलाडीको नाम लिएका छन् । उनले वर्ष उत्कृष्ट तीन खेलाडीको होडमा जुनियर नेइमार, पाउल पोग्बा र एन्टोनी ग्रिजम्यान रहेको बताएका हुन् । जसमा उनले अर्जेन्टिनाका पाउलो डिबाला पनि राम्रो खेलाडी रहेको बताए । यद्यपि उनले रोनाल्डो र मेस्सी सन्यास लिए पछिमात्र सबैको बाटो खुल्ने बताए ।
गत १० वर्षदेखि उत्कृष्ट खेलाडी अवार्डमा मेस्सी र रोनाल्डोको दवाव रहँदैआएको छ । हजार्डलाई पनि बालोन डी’ओर जित्न सक्ने क्षमताको खेलाडीको रुपमा हेरिएको छ । २६ वर्षका हजार्डले स्काई स्पोर्टससँगको कुराकानीमा उनले भने ‘एक दिन मैले पनि बालोन डी’ ओर जित्छु भन्ने आशा छ, तर नजिते पनि कुनै समस्या छैन ।’ आफ्नो करिअर राम्रो बनाउन प्रयास गर्ने र अरु खेलाडी पनि त्यसका लागि तयार रहेको उनले बताए ।(एजेन्सी)

प्रतिक्रिया