क्रिकेटर शरद एमाहाका ब्रान्ड एम्बेसडर

sharad
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार शरद भेषवाकर नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजको ब्रान्ड एम्बेसडर भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याट्सम्यान शरद भेषवाकरलाई यामाहा एफजिएस एफआईका ब्रान्ड एम्बेसडर घोषणा गरेको हो । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा एमएडब्लु इन्टरप्राइजेजका प्रवन्धनिर्देशक विष्णुकुमार अग्रवाल र शरद भेषवाकरले ‘एमओयु’ मा हस्ताक्षर गरे । अब उप्रान्त छापा, टिभी, अनलाइन विज्ञापन र सोरुम डिस्प्लेलगायत यामाहा एफजिएस एफआईका सबै सञ्चार अभियानमा भेषवाकर सहभागी हुनेछन् ।
२८ वर्षीय दायाँ हाते ब्याट्सम्यानले सन् २००४ मा नेपाली राष्ट्रिय टोलीका लागि युएईविरुद्ध पहिलोपटक डेब्यु गरेका थिए । ‘यामाहा जस्तो विश्वव्यापी ब्रान्डसँग आबद्ध हुन पाउँदा म निकै हर्षित र रोमाञ्चित भएको छु,’ भेषवाकरले भने, ‘यामाहा मोटरसाइकल मजस्ता युवाको ढुकढुकी बनेको छ । स्पोर्टी, स्टाइलिस र पावरफुल मोटरसाइकल ब्रान्डको प्रतिनिधित्व गर्न पाउँदा मैले गर्व महसुस गरिरहेको छु ।’ क्रिकेटर भेषवाकर हाल विश्वको टी–२० ब्याट्सम्यानको सूचीमा ८०औँ स्थानमा छन् । उनले सन् २०१५ को जुलाईमा २ सय ५० रेटिङको उपलब्धी हासिल गरेका थिए ।
सन् २०१४ को आइसिसी विश्वकप टी–२० मा नेपाललाई पु¥याउनुमा उनले महत्वपूर्ण भूमिका खेलेका थिए । विष्णुकुमार अग्रवालले शरद भेषवाकरसँगको नयाँ साझेदारीप्रति खुसी व्यक्त गरे । ‘हामीसँग आबद्ध हुनुभएकोमा उहाँलाई धन्यवाद दिन चाहन्छौँ । हामीलाई विश्वास छ हाम्रो यात्राले नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ मापदण्ड स्थापना गर्नेछ,’ उनले भने, ‘यो साझेदारीमार्फत हामी हाम्रा ग्राहकलाई यो सन्देश दिन चाहन्छौँ कि शरद भेषवाकर क्रिजमा रहँदाजस्तो शक्तिशाली, विश्वसनीय र भर्सटायल हुनुहुन्छ त्यस्तै यामाहाका मोटरसाइकल छन् ।’

प्रतिक्रिया