क्रिकेट विवाद समाधानमा अझै अन्योलता

goverbment

काठमाडौं । विगत लामो समयबाट निलम्बित भएपछि विभिन्न समस्या भोग्दै आएको नेपाली क्रिकेट क्षेत्र अझै पनि अन्योलकै वातावरणबाट रुमलिएको छ । मंगलबार क्रिकेट खेलाडी संघले आयोजना गरेको वर्तमान क्रिकेट अवस्था बारे अन्र्तक्रियामा सरोकारवाला नै विवाद समाधानमा अफ्ठ्यारो भएको प्रतिक्रिया दिएका छन् । नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसि) बाट प्रतिबन्ध मुक्त गराउन र विवाद समाधानका लागि मध्यस्थकर्ताको भूमिकाको जिम्मेवारी पाएको आइसिसी एडभाइजरी बोर्डले नै समस्या जटिल बन्दै गएको जनाएको छ ।
कार्यक्रममा आइसिसीको प्रतिबन्ध हटाउनका निम्ति सबै सम्बन्धित निकाय र व्यक्तिहरू गम्भीर बन्नुपर्ने बन्दै एक अर्कासँग प्रतिक्रिया गरे पनि ठोस निर्णय हुन सकेन । अधिकांश वक्ताले व्यक्तिगत आकांक्षा र चाहनालाई तिलाञ्जली दिएमा क्यान विवाद समाधान हुने निष्कर्ष निकालेका थिए । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाली र राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव केशवकुमार विष्टले समयमै क्रिकेटको विकासका लागि समस्या हलका लागि आपूmहरू तयार रहेको बताए ।
युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले नेपाली क्रिकेटको विद्यमान समस्या समाधान गर्न सम्बन्धित सबै पक्ष मिल्नुको विकल्प नरहेको बताएका छन् । अन्तत्र्रिmया कार्यक्रममा बोल्दै मन्त्री श्रीपालीले नेपाली क्रिकेट क्षेत्रको सर्वोत्तम हित र विकासका लागि सबै पक्ष मिल्नुको विकल्प नरहेको बताए । आइसिसीले नेपाली क्रिकेटको विद्यमान समस्या समाधान गर्ने जिम्मेवारी दिएको सल्लाहकार समितिको समयसीमा सकिन मात्र महिना दिन बाँकी रहेको अवस्थामा क्रिकेट खेलाडी संघले सम्बन्धित सबै पक्षलाई राखेर अन्तत्र्रिmया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा क्रिकेट खेलाडी संघका महासचिव तथा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले निलम्बनमा रहेको क्रिकेट संघलाई बचाउन र थप कारबाहीबाट जोगाउन ढिला गर्न नहुने बताए ।
यस्तै आइसिसीले गठन गरेको सल्लाहकार समितिका अध्यक्ष वसन्त चौधरीले आफूहरूको प्रमुख जिम्मेवारी रहेको विधान निर्माणको कार्य करिब–करिब सम्पन्न भइसकेको भन्दै त्यसको कार्यान्वयनमा खेलकुद मन्त्रालय, राखेप र सम्बन्धित सबै पक्षले सहयोग गर्नुपर्ने बताए । उनले आइसीसीले तोकिदिएको समयसीमा सकिन महिना दिन पनि बाँकी नरहेको अवस्थामा अझैपनि सम्बन्धित व्यक्ति तथा संघ–संस्था मिलेर अघि बढ्न तत्पर नहुने हो भने नेपाली क्रिकेट अझै ठूलो कारबाहीमा पर्नसक्नेप्रति सबै सचेत हुनुपर्ने बताए । एडभाइजरी बोर्डका अनुसार विधान शंसोधनमा चन्द पक्षको क्रिकेट कमिटीले आफ्नो वाषिक साधारण सभा मार्फत विधान पास गर्नु पर्ने अडान राखेकाले केही समस्या अझै विद्यमान रहेको बताए । सदस्यसचिव बिष्टले नेपाली क्रिकेटको विद्यमान समस्या समाधान गर्न राखेपले सक्दो प्रयास गरिरहेको र त्यसले छिटै परिणाम दिने दाबी गरे । उक्त कार्यक्रममा निर्वाचित नेपाल क्रिकेट संघ चतुर बहादुर चन्द नेतृत्वका प्रतिनिधी भने उपस्थीत भएनन् ।

प्रतिक्रिया