तेक्वान्दो महासंघका अध्यक्ष शर्मा मास्टर अफ द इयरबाट सम्मानीत हुने

18160067_1630325263659422_2027366358_oकाठमाडौं । नेपाल तेक्वान्दो महासंघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय प्रशिक्षक दिनेश शर्मा मास्टर अफ द इयर अवार्डको लागि शुक्रवार जर्मनी प्रस्थान गर्दैछन् । तेक्वान्दोका ब्ल्याक बेल्ट पाँचौं डान समेत रहेका शर्मा नेपाली मार्शल आर्ट क्षेत्रका चर्चित गुरु समेत हुन् ।

उनलाई म्युनिक हल अफ अनर जर्मनीका अन्तर्राष्ट्रिय बोर्डअफ डाइरेक्टर्स २०१७ का ग्रान्डमास्टर सिन्थिया रोथरक, ग्रान्डमास्टर अरहार्ड केलनर, ग्रान्डमास्टर सामुएल कोक, मास्टर ग्रेगोर जे हस लगायतका ग्रान्डमास्टर र मास्टर्सको बोर्डले विश्व भरीका दर्जनौँ मास्टर्सबाट छनौट गरेका हुन् ।

शर्मा लगायत दर्जनौँ ग्रान्डमास्टर, मार्शल आर्टस्का संस्थापक लगायत अन्तर्राष्ट्रिय मेडलिस्ट खेलाडी यही अप्रिल २९ मा जर्मनीको म्युनिखमा विशेषरुपले विभिन्न विधामा सम्मानीत हुँदैछन् । शर्माले सन् २०१५ मा अमेरीकामा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा बेस्ट रेफ्रि अवार्ड समेत पाएका थिए।

abअमेरीकामै भएको द लिजेन्ड मार्शल आर्टस् हल अफ फेमद्धारा समेत विशेष रुपले सम्मानीत भएका थिए । उमेरले ३० पुगेका निजगढ ३ , भरतगंज सिंगौल बारा निवासी दीनेश शर्मा नेपाली मार्शल आर्टस् क्षेत्रका नायक नै हुन् ।

उनले सन् २०१६ मा मात्र बेलायतबाट विश्व मार्शल आर्टस् गेम्स कमीटी, तेक्वान्दो इन्टरनेशनल र इन्टरनेशनल तेक्वान्दो परिषदबाट एकैपटक ३ वटा अवार्ड हात पारी विश्व मार्शल आर्टस् क्षेत्रलाई चकित पारेका थिए । उनले सन् २०१६ मै भारतको बैग्लोरमा भएको साउथ एशियन ओपेन तेक्वान्दो च्याम्पियनसिपमा नेपाललाई उपविजेताको उपाधि जिताएका थिए ।

जसका कारण शर्मालाई राष्ट्रिय खेलकुद परिषद् र नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघले सम्मान समेत गरेको थियो ।शर्मा वल्र्ड मार्शल आर्टस् हल अफ फेमका संस्थापक अध्यक्ष, नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघका महासचिव र साङरोक नेपाल तेक्वान्दो एकेडेमीका मास्टर समेत हुन् ।

प्रतिक्रिया