२१औँ एसियन तेक्वान्दो लागि नेपाली टोली हङकङ प्रस्थान

2काठमाडौं । हङकङमा हुने २१औँ एसियन सिटिज तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको विदाई गरिएको छ । त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा नेपाली राष्ट्रिय तेक्वान्दो टोली प्रशिक्षण केन्द्रमा बुधबार आयोजित एक कार्यक्रमकाबिच नेपाली टोलीको बिदाई गरिएको हो । उनिहरुलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकास संसेर राणा र प्रमुख प्रशिक्षक ध्रुव गुरुङलगायतले बिदाई गरे । सो अवसर संघका अध्यक्षले राणाले पछिल्लो सस्करणमा हासिल गरेको उत्कृष्ट नतिजालाई निरन्तरता दिन अनुरोध गरे ।

गतवर्ष ओलम्पियन निशा रावलले स्वर्ण तथा विकेश विडारी,सुजना खड्का,संजिला तिमील्सीना,संगिता बस्याल र मिसन रासकोटीले कांस्य पदक जितेका थिए । एक स्वर्ण उक्त टोली बुधबार राती नै त्यसतर्फ प्रस्थान गर्नेछन् । आगामी अप्रील २२–२४ सम्म हुने हङकङको जर्डनमा हुने च्याम्पियनसिपमा नेपाल १२ खेलाडी,एक प्रशिक्षक,दुई ब्यवस्थापक र एक निर्णायकको सहभागीता रहेको छ ।च्याम्पियनसिपमा क्याडेट २९ केजीमुनिमा सुप्रीमा बजगाई,जुनियरको ४२ केजीमुनि दक्षिणा शाही ठकुरी र सिनियरतर्फ विकेश बिडारीले ७४ केजीमुनिमा प्रतिस्पर्धा गर्नेछन् ।1

तीनै जना युनाईटेड तेक्वान्दो डोजाङ खेलाडी खेलाडी हुन् । विकेशले गतवर्षकै सस्करणमा कांस्य जितेका थिए । दक्षिणा र सुप्रिमाले गत महिना नेपालमै सम्पन्न प्रथम काठमाडौंँ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए ।

अन्य खेलाडीमा सिनीयरतर्फ मिसन रासकोटीले ५८ केजीमुनि,सुमित्रा खत्रिले ७३ केजीमाथी,सागर तिमील्सीनाले ६८ केजीमुनि,रोबिन राईले ५४केजीमुनि,अम्रीत थापाले ६३केजीमुनि,आकाश पुनले ६८ केजीमुनि,क्याडेटमा ४५ केजीमुनिमा सुजन गुरुङ र जुनियरको ५४ केजीमुनि प्रकास थापाले नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछन् ।

पुम्सेको ३० वर्षमाथी सुरज श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । टोलीको प्रशिक्षकमा कुमार लामा घिसिङ,निर्णायकमा नोर्बु लामा र टिम ब्यवस्थापकद्धयमा राजिव श्रेष्ठ र राजु खड्का रहेका छन् । उक्त प्रतियोगिताका एसियाका विभिन्न १३ राष्ट्रको सहभागीता रहेको छ ।

प्रतिक्रिया