सिटिजन्स बैंक फुटसलको उपाधि एनआइसी एसियालाई

sdr

sdr

काठमाडौं । सिटिजन्स अन्तरबैंक फुटसल टुर्नामेन्टको उपाधि एनआइसी एसियाले जितेको छ । बैंक इन्टरनेसनल लिमिटेडको वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित प्रतियोगिताको फाइनलमा एनएमबी बैंकलाई ट्राइब्रेकरमा ४–३ ले हराउँदै एनआइसी एसियाले उपाधि हात पा¥यो । निर्धारित २४ मिनेटको खेलमा दुवैतर्फबाट २–२ को बराबरी भएपछि खेल ट्राइब्रेकरतर्फ धकेलिएको लियो । जसमा एनआइसी एसियाले बाजी मार्दै च्याम्पियनको ट्रफी उचाल्यो ।
तेस्रो स्थानको लागि भएको खेलमा सिद्धार्थ बैंकले सिभिल बैंकलाई ५–० को फराकिलो अन्तरले पराजित ग¥यो । वैशाख २ गतेदेखि सुरु भएको प्रतियोगितामा १७ वटा वाणिज्य बैंक सहभागी भएका थिए । विजेता खेलाडीलाई सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकारी (सिइओ) राजन सिंह भण्डारीले पुरस्कृत गरे । प्रतियोगितामा विजेता टिम तथा खेलाडीले ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारे ।

प्रतिक्रिया