रूपन्देही च्यालेन्जर्स र काठमाडौं गोल्डेन्सको लगातार दोस्रो जित

shahab alam celebrates wicket dpl cricket radhika bohara

धनगढी । धनगढी प्रिमियर लिग क्रिकेट डिपिएलमा बुधबार भएका खेलमा रूपन्देही च्यालेन्जर्स र काठमाडौं गोल्डेन्स विजयी भएका छन् । दुवै टिमले लगातार दुई जित दर्ता गर्दै अंक तालिकामा ४ अंक बनाए । शक्ति गौचन नेतृत्वको रूपन्देही च्यालेन्जर्सले लगातार दोस्रो जित हासिल गर्ने क्रममा सिआइवी अत्तरियालाई ४२ रनले पराजित ग¥यो । अर्को खेलमा काठमाडौं गोल्डेन्सले विराटनगर किंग्समाथि पनि ८६ रनको सहज जित निकाल्यो । टस जितेर पहिले ब्याटिङ गर्दै रूपन्देहीले ६ विकेट गुमाएर १२९ रन बनायो । रूपन्देहीका लागि राजेश पुलामी ३१ र प्रकाश केसीले २९ रन बनाए । अग्रपंक्तिका ब्याट्सम्यानहरू सस्तैमा पेविलियन फर्किएपछि रूपन्देहीका पुलामी र केसीले छैटाँै विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए । अत्तरियाले २८ अतिरिक्त रन दिएको थियो । अत्तरियाका लागि विनोद लामा र प्रदीप ऐरीले २÷२ विकेट लिए ।
१३० रनको लक्ष्य पछ्याउने क्रममा अत्तरिया ८७ रनमै समेटियो । रूपन्देहीका बलरहरूको कसिलो वलिङ आक्रमण अगाडि अत्तरियाका कुनै ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको अत्तरियाका लागि कप्तान मल्लले ३० रन वनाए । उनीबाहेक विनोद लामाले १८ र अविनाश बोहोराले १४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानहरूले दोहोरो अंक छुन सकेनन् । अत्तरियाका ८ खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् भने त्यसमध्ये २ जना शून्यमै आउट भए ।
रूपन्देहीलाई जिताउनका लागि सहव आलमको प्रदर्शन उत्कृष्ट रह्यो । उनी एक्लैले ४ विकेट लिए । ४ ओभरमा आलमले १ मेडन राख्दै मात्र ८ रन खर्चिए । विक्रम सोवले २ विकेट लिए । खेलको वेल्स क्याफे म्यान अफ द म्याचसमेत बनेका आलमले नगद १० हजार हात पारे । दुई खेल खेलेको रूपन्देहीले दुवै खेल जितेको छ । टोलीका कप्तान शक्ति गौचनले बलिङ ब्याटिङ र फिल्डिङमा राम्रो गरेका कारणले जित हासिल गर्न सफल भएको बताए । सिवाइसी अत्तरियाका कप्तान ज्ञानेन्द्र मल्लले ब्याटिङ बिग्रिएका कारण हार व्यहोरेको बताए ।
धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटअन्तर्गत बुधबार दिउँसो भएको खेलमा काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सबीचको खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७३ रन बनायो । काठमाडौंका लागि सुमित महर्जनले २७ बलमा अविजित ४४ रन सोमपाल कामीले २० बलमा ३९ रन बनाए । वसन्त रेग्मीले २४ बलमा ३० रन, सुभेन्दु पाण्डेले २५ बलमा २७ रन र नरेश बुढाऐरले २२ बलमा १३ रन बनाए । विराटनगरका लागि शरद भेषावकरले दुई विकेट लिए । सुशील कँडेल र सन्दीप लामिछानेले एक÷ एक विकेट लिए ।
जवाफी मैदानमा उत्रेको विराटनगर किंग्स ८७ रन बनाउँदा १९औँ ओभरमा अल आउट भयो । विराटनगरका लागि दीपेन्द्रसिंह ऐरीले २४ बलमा ३१ रन कप्तान शरद भेषावकरले १६ बलमा १३ रन बनाए । काठमाडौंका सन्तोष भट्टले तीन, भुवन कार्की र वसन्त रेग्मीले दुई दुई तथा मञ्जित श्रेष्ठ र सोमपाल कामीले एक एक विकेट लिए । खेलको वेल्स क्याफे म्यान अफ द म्याचसमेत बनेका सुमित महर्जनले नगद १० हजार हात पारे । रणनीतिअनुसार खेलेका कारण लगातार दोस्रो जित हासिल गरेको कप्तान वसन्त रेग्मीले बताए । विराटनगर किंग्सका कप्तान शरद भेषावकरले काठमाडौंले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टिमलाई दबाबमा राखेकोले हार ब्यहोरेको बताए । बिहीबार पहिलो खेलमा टीम धनगढी र कञ्चनपुर आइकोनिक तथा दोस्रो खेलमा विराटनगर किंग्स र सिवाइसी अत्तरियाबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया