रोइरहेको हुन्छु म

वसन्तको आगमनले मात्र
हुँदैन र’ैछ मन खुसी
यो मन दुःखी छ आजभोलि
पूmलको मौसमले मात्र पुग्दैन रै’छ
भित्री मन दुःखी छ आजभोलि
तिमीलाई त के लाग्छ कुन्नि
तिम्रो यादविना बाँच्नै सक्दिन आजभोलि ।।१।।

ठेगानै भएको भए पनि एक्लै मरुभूमिमा
यो मन सभाल्न खोज्दाखोज्दै
मरुभूमिको पट्यारलाग्दो जिन्दगीमा
राम्रो बाटो र भविष्य खोज्दै खोज्दै
अनायासै कताकता हराएजस्तो हुन्छु म
कर्कलाको पानीजस्तै एकै छिनमा
कतै छ्याल्ल ब्याल्ल पोखिएको हुन्छु ।।२।।

अनि त अन्योल भविष्य …,
छट्पटी र पश्चात्तापको
भुमरिमा रुमल्लिदै … ।
बर्बराउँदै पागलजस्तै
सपनाबाट बिउँझिएको बालकजस्तै
सपनामा पाएको बस्तु
हराएको जस्तै
रोइरोई खोजिरहेको हुन्छु म …, ।।३।।

बिर्सनै नसक्ने अवस्थामा हुन्छु म
अनायासै एक्लै बसेर रुन्छु म
आँैशिको रातमा चन्द्रमाको
खोजिगर्दै एक्लै नितान्त एक्लै
निस्सासिएर रोइरहेको हुन्छु म …।
कालो बादलभित्र चाँदीको घेरा खोज्दै
सपनामा हराएको बस्तु मिल्ने आशमा
कहिल्यै पूरा हुन नसक्ने सपनाको आशमा
काकाकुलले पानीको खोजी गरेजस्तै
एक्लै नितान्त एक्लै
रोइरहेको हुन्छु म
अचेल कोही भेटे सोध्नु गर्छु म
मैले सपनामा देखेको कुरो
तपाईंले पनि देख्न भो त भन्दै
न वर्तमानमा न भविस्यको
खोजिमा एक्लै नितान्त एक्लै
रोइरहेको हुन्छु म
रोइरहेको हुन्छु म ।।४।।

प्रतिक्रिया