प्रकाशकीय

प्रिय पाठकवृन्द !

सौर्य दैनिकको प्रकाशन पुनः सहकारी संस्थामार्पmत सुरु भएको छ । नयाँ व्यवस्थापनसहित पुनर्जीवन पाएको सौर्य सञ्चार सहकारी संस्थाले सृजना इन्टरनेसनल मिडिया प्रालिले सञ्चालन गर्दै आएको ‘सौर्य दैनिक’ पत्रिकालाई आफ्नो स्वामित्वमा लिई आजदेखि आफ्नो प्रत्यक्ष व्यवस्थापनमा प्रकाशन कार्य सुरु गरेको हो । सहकारीमार्फत दैनिक पत्रिका सञ्चालन गरेर सामूहिक भावनालाई व्यवहारमा उतार्ने सौर्य दैनिकको प्रारम्भको जमर्कोलाई पुनः गति दिने कार्यको थालनी भएको छ ।
नेपाली बजारमा देखिएका बगे्रल्ती अखबारको भिडमा प्रकाशनको आरम्भमा सौर्य दैनिकले छुट्टै स्वाद दिएको कुरा पाठकहरू जानकार नै हुनुहुन्छ । समयसँगै फड्को मारेको सूचना–प्रविधि, मानवीय चेतनालाई हेक्का राख्दै फेरि पनि नयाँ स्वाद पस्कने हाम्रो निरन्तर प्रयत्न रहने प्रतिबद्धता व्यक्त गर्दछौँ । राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र मानवअधिकारप्रति अटल निष्ठा राख्दै सामाजिक न्यायसहितको मुलुकको समृद्धि हाम्रो आदर्श होे । पत्रकारिताका माध्यमबाट यीनै प्रतिबद्धता पूरा गर्ने हाम्रो जमर्कोमा सबैको साथ रहनेछ भन्ने हाम्रो विश्वास छ ।यस अवसरमा हामी सम्पूर्ण पाठक, विज्ञापनदाता तथा शुभेच्छुकहरूसँग खुसी साट्दै सदाझैं अविछिन्न सहयोग र सद्भावको अपेक्षा गर्दछौँ ।

(पदम शाह )
अध्यक्ष

 

प्रतिक्रिया