समाजको धब्बा : जातीय विभेद

समाजको कालो धब्बाको रूपमा नेपालमा अझै पनि जातीय विभेद कायमै छ । संविधानले सबै जातजाति, भाषा र धर्मलाई समान रूपमा सम्मान गरेको छ । सामाजिक अन्धविश्वास र कुरीतिहरूलाई चिर्दै सामाजिक अगुवाहरूले जातीय विभेदविरूद्ध अभियान चलाइरहेकै छन् । तर, केही गाउ“हरूमा अज्ञानताका कारण दलित र गैरदलितबीच विभेद, मन्दिर प्रवेशमा रोक, धारा÷इनारमा पानी भर्नबाट वञ्चित हुनुपरेका घटना सञ्चारमाध्यममा आइरहन्छन् । नागरिकले राज्यबाट प्राप्त हुने सबै प्रकारका नागरिक अधिकारहरू प्रत्याभूत गर्न पाउनुपर्छ । यस्तै, सार्वजनिक स्थानमा सबैले आत्मसम्मानका साथ आप्mनो परम्परा र रीतिरिवाज मनाउन पाउनुपर्छ । आजको युगमा पनि जातभात, छुवाछूत, उ“चनीचजस्ता विभेद प्रदर्शन हुनु परिवर्तनविरोधी कार्य हो । कानुनतः कसैले पनि कसैमाथि भेदभाव र अमानवीय व्यवहार गर्न पाउ“दैन । मुलुकी ऐनले ०२० साल १ भदौमा जातीय भेदभाव र छुवाछूत उन्मूलन गरिसकेको छ । यो सामाजिक अन्धविश्वास र चेतनाको कमीबाट सिर्जित विषय मात्र हो । जुन समाजमा मानिस शिक्षित र सभ्य छन्, त्यहा“ कमसे कम जातीय विभेद छैन ।

केही दशकअघि पानीसमेत नचल्ने परिस्थिति पनि हाम्रै समाजमा थियो । पछिल्लो समय दलित र गैरदलितबीच अन्तरजातीय बिहेसमेत हु“दै आएको छ । अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने र यस्ता विवाह गर्नेलाई सम्मान गर्ने पनि गरिएका छन् । तर, दुर्भाग्य समाजमा दलितबाटै दलितहरू पीडित भएका दृष्टान्त पनि धेरै छन् । धारा, मठमन्दिर, सार्वजनिक स्थानमा दलितले नै दलितविरूद्ध सामाजिक दुव्र्यवहार गरेका घटना तराईका जिल्लाहरूमा विद्यमान छन् । पहाडी जिल्लाहरूमा पनि दलित र गैरदलित केही हदसम्म मिलेर बसेका छन् । तर, त्यहा“ पनि पूर्णरूपमा जातीय समानता कायम भएको मान्न सकिन्न । कुनै एक दलितले गैरदलितको घरको आगो माग्ने क्रममा ढोकाबाट हात भित्र छिराएको निहु“ मरणासन्न हुनेगरी कुटाइ खानुपरेका घटनाहरू बेलाबेला सन्नमा आइरहन्छ । यस्ता जातीयविभेदका घटनाहरू बेलाबेला सञ्चारमाध्यमबाट समेत सार्वजनिक हुने गरेका छन् ।

नेपालमा ०३१ सालदेखि नै छुवाछूत प्रथाको अन्त्य भएको घोषणा गरियो । त्यसयता पनि जातीय विभेदसम्बन्धी कयौ“ बहस भए, कानुनहरू बनाइए । तर, पुरातन सोचका कारण दलित समुदायमाथि उत्पीडन हुनेक्रमचाहि“ रोकिएन । हाम्रो समाजमा जातीय विभेद र छुवाछूतको संस्कृति अन्त्य हुन नसक्दा समाजमा द्वन्द्व बढ्ने, हिंसात्मक र दुव्र्यवहारका घटना वृद्धि भइरहेका छन् । गाउ“–समाजमा भएका कयौ“ घटनाहरू कमै मात्रामा प्रहरी तथा केही प्रशासनसम्म पुगे पनि अधिकांश घटना प्रकाशमै आउ“दैनन् । यसले गर्दा विभेद न्यूनीकरण हुनुुभन्दा झनै बढी प्रश्रय पाइरहेको छ । नेपालमा जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि कानुन लागू भएको ५ दशक लाग्दासमेत त्यो कानुन पालना हुन सकेको छैन । विभेदका मुद्दामा न्यायिक छानबिन गरी पीडकलाई सजाय दिलाउन सकियो भने समाजमा त्यस्ता घटनामा कमी आउने विश्वसा गर्न सकिन्छ । हरेक सचेत नागरिकले यस्ता विभेदको अन्त्य गर्न आफ्नो ठाउ“बाट पहल गर्नुपर्दछ । यो उसको नागरिक कर्तव्य पनि हो । यसो गर्न सकियो भने जातीय विभेदलाई समाजबाट उन्मूलन गर्न सकिन्छ ।

प्रतिक्रिया