राजदूत नियुक्त गर

राजनीतिलाई उचित सन्तुलनमा ल्याउन नसकेर वर्तमान सरकार चरम आलोचनाको पात्र बनिरहेको छ । सरकारले आफ्नो कार्यकालको ४ महिना बित्नलाग्दा पनि नेपाली कामदारहरूको प्रमुख गन्तव्य मुलुकहरू कतार, मलेसिया, साउदी अबरलगायत १३ मुलुकमा रिक्त रहेको राजदूतहरू लामो समयदेखि नियुक्त गर्न सकेको छैन । खासगरी प्रमुख राजनीतिक दलहरूबीच दलीय भागबन्डा मिलाउन नसकेपछि राजदूतहरू नियुक्ति गर्ने प्रक्रियाले आवश्यक गति लिन नसकेको हो । यसरी लामो समयसम्म राजदूतहरू नपठाउ“दा सम्बन्धित देशले नेपाल सरकारसँग लामो समयदेखि बारम्बार गुनासो गर्दै आएको थियो । तर, यो विषयले अझै पनि सकरारको प्रमुख कार्यसूचीमा नपार्दा परराष्ट्र नीति सञ्चालनमा नेपालको असफलतालाई स्पष्टस“ग चित्रण गरेको छ ।

स्मरणीय छ, राजदूतहरू सम्बन्धित देशका अत्यन्त जिम्मेवार र प्रतिनिधि नागरिक मानिन्छन् । नेपालजस्तो अविकसित मुलुकले विदेशबाट अनुदान वा ऋण सहयोग जुटाउनु पर्दा राजदूतहरूलाई नै परिचालन गर्ने गरिन्छ । त्यसबाहेक नेपाली कामदारहरूलाई विदेशमा कुनै समस्या पर्दा राजदूतले नै उनीहरूको उद्धार र राहत कार्यमा प्रत्यक्ष सहभागिता जनाउनुपर्ने हुन्छ । अर्को शब्दमा भन्नुपर्दा उनीहरूले सम्बन्धित मुलुकमा गएर नेपालमा पर्यटन प्रवद्र्धन गर्न रचनात्मक भूमिका खेल्न सक्छन् । यति महत्वपूर्ण पदमा लामो समयसम्म सरकारले आफ्नो प्रतिनिधि चयन गर्न नसक्नु स्वयं सरकारको लागि पनि लज्जास्पद विषय हो । आन्तरिक राजनीतिको तालमेल र सन्तुलन मिलाउनमै व्यस्त प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो छोटो कार्यकालमा राजदूत नियुक्ति गर्नै नभ्याउने पो हो कि भनेर चिन्ता गर्नेहरूको पनि कमी छैन ।

समयमै दर्जनभन्दा बढी मुलुकमा राजदूतहरूको नियुक्ति हुन नसक्दा पर्यटन क्षेत्र प्रत्यक्ष सन्तुलन कायम राख्न पनि निकै समस्या भएको छ । यौटा राजदूतले सगौरव आफ्नो देशको प्रतिनिधित्व गर्दै अर्को देशका परराष्ट्र मन्त्री वा सरकार प्रमुखस“ग व्यक्त गर्ने कूटनीतिक भाषाको तौल र मर्यादा अर्कै हुन्छ । हाम्रो प्रदूषित आन्तरिक राजनीतिले बाह्य पर्यटनमा कुनै नकारात्मक प्रभाव पार्नुहुन्न भन्नेतर्फ नेपाल सरकार सजग र सचेत हुनु जरुरी छ । नेपालको कूटनीति सञ्चालन गर्ने परराष्ट्र मन्त्रालय र सरकार प्रमुखले राजदूत छिटो नियुक्ति गरेर अहिलेसम्म देखिएको रिक्तता र तिक्तता मेटाउने प्रयास गर्नु जरुरी भइसकेको छ । यसो गरिएन भने अन्तर्राष्ट्रिय सहयोग प्रभावित हुन जान्छ र नेपालको कूटनीतिक कमजोरी र असफलता पनि नांगिनेछ ।

प्रतिक्रिया