राष्ट्रिय खेलकुदको क्षेत्रीय छनोट स्थगित

काठमाडौं । सातौँ राष्ट्रिय खेलकुदअन्तर्गत क्षेत्रीय छनोट प्रतियोगिता तत्काललाई स्थगित गरिएको छ । विशेष कारणवश अर्को व्यवस्था नभएसम्मका लागि क्षेत्रीय छनोट स्थगित गरिएको सातौँ राष्ट्रिय खेलकुद तयारी सचिवालयले जनाएको छ । क्षेत्रीय छनोट २३ कात्तिकदेखि ३ मंसिरसम्म हुने भनिएको थियो । (सौस)

प्रतिक्रिया