नेपाली तेक्वान्दोको भविष्य उज्जल छ : डा. चो

president-with-para-teamकाठमाडौं, ६ कात्तिक । तेक्वान्दोको खेलको सर्वोच्च निकाय विश्व तेक्वान्दो महासंघ(डब्लुटिएफ)का अध्यक्ष डा. चोङवन चाले नेपाली तेक्वान्दोको भविष्य उज्जल रहेको बताएका छन् । शनिबार स्वयस्भूमा आयोजित एक कार्यक्रममा उनले नेपालले तेक्वान्दो ठूलो योगदान गरेकोमा प्रशंसा गर्दै नेपालले १ दिन ओलम्पियक र विश्व तेक्वान्दोमा उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरे । उनले भने, ‘रियो ओलम्पिकमा नेपाली तेक्वान्दोको एक मात्र सहभागिता थियो तर सोचे अनुरूप नतिजा आउन सकेन् । तर, मलाई विश्वास छ एक दिने नेपालले उत्कृष्ट र ऐतिहासिक नतिजा ल्याउछ ।’

डा.चोले नेपालमा तेक्वान्दो लोकप्रिय हुनुमा संघको मिहिनेत रहेको बताउँदै आगामी दिनमा अझै राम्रो गर्दै जाने जनाए । उनले भने, ‘नेपालले पारा तेक्वान्दो र ह्विलचियर तेक्वान्दोको आफ्नो टिम पनि बनाइसकेको छ । साथै पारामा अन्तर्राष्ट्रिय सफलता पनि । त्यसलै नेपाल तेक्वान्दोका लागि उत्कृष्ट छ ।’ शनिबार स्वयम्भूनाथ मन्दिरमा उनको स्वागतको लागि नेपाल तेक्वान्दो संघले आयोजना गरेको कार्यक्रममा तेक्वान्दोको डेमोस्ट्रेसनसमेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणाले डा.चोलाई स्वागत गरेका थिए । चोले कार्यक्रमपश्चात स्वयम्भू परिक्रमा गरेका थिए ।

स्वागत कार्यक्रममा संघका अध्यक्ष हरिश्वर पोख्रेल, महासचिव दीपराज गुरुङ, संघका अन्य पदाधिकारी, तेक्वान्दोका पहिलो ओलम्पियन एवं ओलम्पिकमा तेक्वान्दो प्रदर्शनी खेलमा कांस्य पदक विजेता विधान लामा, ओलम्पियनद्वय संगीना वैद्य र दीपक विष्ट तथा राष्ट्रिय टिमका खेलाडीलगायत तेक्वान्दोकर्मीको उपस्थिति रहेको थियो । डा. चो आइतबार लुम्बिनी जाने कार्यक्रम रहेको छ । डा.चोलाई संघले विश्वमा तेक्वान्दो खेलको विकासमा पु¥याएको योगदानको कदर गर्दै ९ कात्तिकमा विशेष अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया