प्रोत्साहन नपाएको महिला क्रिकेट

cricket-teamकाठमाडौं, ६ कात्तिक । नेपाली महिला क्रिकेट टोलीले महिला विश्वकप छनोट प्रतियोगितामा छनोट चरण पार गर्न सकेन । तैपनि, नेपाली चेलीले नेपाली समर्थकहरूलाई निराश हुने वातावरण पनि दिएनन् ।

२ वर्षसम्म कुनै प्रतियोगिता खेल्ने अवसरमा नपाएका नेपाली चेलीले केही दिनको घरेलु अभ्यासमा त्यो सफलता हात पारेको थिए । भनाँै कि, उनीहरूले आफ्नो क्रिकेट दुनियाँलाई बिर्सने अवस्था भइसकेको थियो । केही प्रतिभावान खेलाडी त त्यसबीचमा पलायन नै भए । केही पूर्वराष्ट्रिय खेलाडी पछि टिममै पर्न असफल भएका पनि थिए ।

त्यसको एक मात्र कारण थियो लामोसमय क्रिकेट खेल्न नपाउनु ? किनभने प्रतियोगिताको दोस्रो स्थानमा रहेर एसिया कप क्रिकेटका लागि नेपाल छनोट भएको छ । त्यसैले आइसिसी विश्वकप क्रिकेट २०१६ को एसियाली छनोट खेल खेलेर नेपाली राष्ट्रिय महिला टोली मंगलबार छुट्टै आशा र उत्साह बोकेर हङकङबाट स्वदेश फर्केको छ । विश्वकप क्रिकेटको अन्तिम छनोट खेल्ने अवसर नपाए पनि नेपाल एसिया कप क्रिकेटका लागि भने छनोट भएको छ ।

त्यस्तै डबल राउन्ड रोबिन लिगका आधारमा खेलाइएको प्रतियोगितामा नेपाली महिला टोलीले दोस्रो स्थान हात पार्दै एसिया कपमा स्थान बनाएको थियो । ४ टोली सहभागी प्रतियोगितामा थाइल्यान्डले भने शीर्ष स्थान हात पार्दै विश्वकप क्रिकेटको अन्तिम छनोट खेल्ने अवसर प्राप्त ग¥यो । नेपाली टोलीले हङकङमा गरेको प्रदर्शनमा खासै खोट लगाउने ठाउँ छैन । किनभने, सकेको मिहिनेत गरी सोही अनुसारको प्रदर्शन पनि राम्रो गरेका छन् । बरु खोट लगाउने ठाउँ नेपालका खेल निकायहरूमाथि छ । खेलको नाममा राजनीति पार्टी विस्तार गर्ने र नयाँ कार्यकर्ता बनाउन लागिपरिरहेका खेलकुदको उच्च निकाय समालेर बसेका नेतृत्वमा छ । राजनीतिक स्वार्थ पूरा गर्न विभिन्न पार्टीहरूको खराब प्रवित्तिले पनि नेपाली क्रिकेट ओरालो लागिरहेको छ भन्न कुनै अप्ठ्यारो नपर्ला ? तर, अहिले महिला टोलीले गरेको प्रदर्शन पनि नेपालको तयारी अनुरूप र लामो समयसम्म घरेलु प्रतियोगिता नभएको आधारमा सर्वोत्कृष्ट मान्नुपर्छ । त्यसैले तयारी अनुरूप नतिजा सन्तोषजनक नै छ ।

त्यसो त नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका प्रशिक्षक राजु बस्यात भन्छन्, ‘पर्याप्त तयारीमा ध्यान दिइएको भए नेपाली महिला टोलीले उपाधिमा कब्जा जमाउने सक्थे ।’ त्यसको लागि सम्भावना धेरै रहेको प्रशिक्षक बस्यातको दाबी छ । प्रशिक्षक राजु बस्यातप्रतियोगीतामा मिश्रित नतिजा निकालेर उपविजेता बनेको नेपाली महिला क्रिकेट टोली अझै पनि उत्साहित देखिन्छन् ।

womens-cricket-teamआफनो खेललाई सुधार्न र निखार्नको लागि आवश्यक अभ्यास नै गर्न नपाएको महिला क्रिकेट टोलीले फेरी एकपटक एसिया कप खेल्ने मौका पाउदा अभ्यासको मौका मिलोस् भनी अहिलेबाटै कामना गरिरहेका छन् । कप्तान रुविना क्षेत्रीले भनिन् ‘पुरुष क्रिकेट टोलीले जति मात्र अभ्यास गर्न पाए पनि राम्रो गरेर देखाउने खेलाडीहरूको प्रतिवद्धता छ । महिला क्रिकेट टोलीले भएका घरेलु प्रतियोगितालाई पनि छोट्याउँदै खेल्नुपरेको थियो भने अभ्यासको त झन् कुरै नगरौँ ।

यस्तो अवस्थामा पनि नेपाली महिला टोलीले गरेको प्रदर्शनलाई सम्मानलायक भन्नै पर्छ । तर, विश्वकपका लागि छनोट हुन नसक्दा भोगेको गल्तीलाई सच्याउन भने आवश्यक छ ।

नेपाली महिला क्रिकेट टोलीका खेलाडीहरूहरूमाथि लैंगिक विभेद गरिएको गुनासो खेलाडीहरूको सधैँको गुनासो हो । पुरुष टोलीले पाउने हौसला, साथ, सहयोग र प्लेटफर्म महिला क्रिकेटरहरूले पाउन नसकेको उनीहरूको अनुभव छ । यो विभेद नचिरिएसम्म नेपाली महिला टोलीबाट उच्च आशा राख्नु गुलेली दिएर बाघको सिकार गर्न पठाए सरह हो । अतः एसिया कपका लागि छनोट भएर नेपाली महिला टोलीले जगाइदिएको उत्साहलाई साइत मानेर नेपाली महिला टोलीलाई प्रोत्साहित गर्न सरोकारवालाहरूले तत्परता देखाउन सक्नुपर्छ ।

प्रतिक्रिया