आजबाट त्रियोग अन्तरस्कुल जुडो

काठमाडौं । त्रियोग स्कुलको आयोजनामा दोस्रो त्रियोग अन्तर स्कुल जुडो प्रतियोगिता २०१६ सोमबारदेखि हुने भएको छ । १५ स्कुलको सहभागिता रहने प्रतियोगितामा छात्रातर्फ विभिन्न ७ तौल समूहमा १९ खेलाडी र छात्रातर्फ विभिन्न ९ तौल समूहमा ५६ खेलाडी गरी कुल ७५ खेलाडीको सहभागिता रहने नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जानकारी गराए । प्रतियोगितामा छात्रातर्फ ३२, ३६, ४०, ४४, ४८, ५२ र ५७ केजी तथा छात्रतर्फ ३०, ३५, ४०, ४५, ५०, ५५, ६०, ६० केजीभन्दा माथि तौल समूह र खुलामा प्रतिस्पर्धा गराइने आयोजकले जनाएका छन् । आयोजककै स्कुलमा हुने २ दिने प्रतियोगितालाई नेपाल जुडो संघको प्राविधिक सहयोग रहने समेत महासचिव श्रेष्ठले जनाएका छन् । (सौस)

प्रतिक्रिया