ब्रुनाईको रोयल प्यालेसबाट अवकास पाएका नेपालीको जमघट

palacebruneiकाठमडौं । ब्रुनाईको रोयल प्यालेसमा लामो समय काम गरी अवकाश प्राप्त भएर छुट्टिएका नेपालीले काठमाडौंको जावलाखेलमा भेटघाट तथा पुनर्मिलन कार्यक्रम आयोजना गरेका छन् ।

राजधानीको जाउलाखेलस्थित थाईघर रेस्टुरेन्टमा २९ भाद्रका दिन दिउँसो २ बजे उक्त भेटघाट कार्यक्रम आयोजना गरिएको थियो । ‘ब्रुनाईको रोयल प्यालेसमा काम गरेर अवकास प्राप्त गरी नेपालमा रहँदै आएका साथीहरुको भेटघाटले सबैलाई रमाइलो महसुस हुने हामीले आशा गरेका छौँ’, आयोजक टोलीका सदस्य प्रकाश राईले भने ।

कार्यक्रम संयोजक सागर थापाका अनुसार उक्त भेटघाट कार्यक्रमका माध्यमबाट लामो समय टाढिएका कर्मचारीमित्रहरु एक आपसमा भेटिदा सबैलाई रमाईलो र लाभदायक पनि हुने बताए । संयोजक थापाले कार्यक्रममा रोयल प्यालेसका अवकाश प्राप्त सबै कर्मचारी उपस्थिति भएको जानकारी दिए । (सौस)

प्रतिक्रिया