अराजक विचारलाई सहकारीले परास्त गर्छ : पूर्वअर्थमन्त्री आचार्य

mahesh-acharyaकाभ्रे, ९ असोज । समाजमा रहेका अराजक विचारलाई सहकारीको अवधारणाले परास्त गर्ने कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री महेश आचार्यले बताएका छन् । समाज परिवर्तनको लागि सहकारी मात्रै एक विकल्प भएको बताउँदै शनिबार काभ्रेको बनेपामा पिपुल्स सहकारीको दसौँ साधारणसभामा उनले यस्तो बताएका हुन् । प्रमुख अतिथिको रुपमा आएका आचार्यले समाज परिवर्तनको लागि एउटै विकल्प सहकारी भएको दावीसमेत गरे ।

उनले समाजका अराजक विचारका कारण देशले गति नपाएको बताउँदै उनले सहकारी मात्रै त्यसको सुधारको वैकल्पिक बाटो भएको बताए । नेपालको गरिबी निवारणदेखि सुदृढ अर्थव्यवस्था बनाउने हो भने सहकारीले मात्रै त्यस्तो कार्य गर्न सक्ने उनको भनाइ थियो । ‘समाजमा भएको दुई विचारधाराले जनतालाई सास्ती हुँदैआएको छ’ उनले भने, ‘उग्रवामपन्थी विचार र जातीय उग्रवादको चपेटालाई नियन्त्रण गर्ने एउटा मात्रै उपाय सहकारी नै भएको प्रष्ट्याएका छन् ।

सहकारीले सहकार्यमार्फत सम्बन्ध सुढृढ गराउने भएकोले त्यस्ता दुवै विचारलाई साम्य बनाई एकता र समानताको बाटोमा ल्याउने विचार पलाउने वातावरण सहकारीले मात्रै गर्ने दिएको तर्क छ । उनले भने, ‘समाजको सबै विकासलाई सहकारीले सहयोग गर्न सक्ने भन्दै सहकारीलाई नियामक निकायले व्यवस्थापनको क्षेत्रमा र सहकारीको गुणात्मक क्रियाकलापमा जोड दिनुपर्छ ।’

सहकारी ऐनको विवादित विषयलाई समयमा नै सम्बोधन गरी व्यवस्थित गर्न सके समाज सुधारको बाटोमा सहकारीको महत्वपूर्ण योगदान रहन जाने उनको भनाइ रहेको थियो । नकारात्मक धारणा बोकेका सहकारीहरुलाई तत्कालै व्यवस्थापन गरी अगाडि बढ्नुपर्नेतर्फ उनको जोड थियो ।

कार्यक्रममा काभ्रे क्षेत्र नम्बर ३ का सांसद कञ्चनचन्द्र वादे श्रेष्ठ, पनौती उद्योग वाणिज्य संघका संयोजक भोला थापा, संस्थाका अध्यक्ष दिलिप श्रेष्ठ र उपाध्यक्ष नवराज केसीलगायतले आफ्नो विचार राखेका थिए ।

प्रतिक्रिया