सौर्यकर्मी ओझासहित पाँचजना सम्मानित

pantharपाँचथर, ९ असोज । जिल्ला खेलकुद विकास समिति पाँचथरले समाचार लेखेर खेलकुदको विकासमा सहयोग पु¥याएको भन्दै सौर्यकर्मी कृष्ण ओझा सहित ५ जना सञ्चारकर्मीलाई शुक्रबार सम्मान गरेको छ । बृहत सातौँ राष्ट्रिय खेलकुद ०७३ अन्तर्गत पाँचथर जिल्लास्तरीय खेलाडी छनौट प्रतियोगिताको उद्घाटनमा १५ जना खेलाडीलाई समेत सम्मान गरिएको हो ।

सम्मानित सञ्चारकर्मीहरुमा द हिमालयन टाइम्सका सम्वाददाता लक्ष्मी गौतम, गोरखापत्रका नारायण तूम्बापो, नेपाल समाचारपत्रका गणेश राई, नागरिक दैनिकका गिरिराज बाँस्कोटा र सौर्यकर्मी ओझा रहेका छन् । प्रमुख जिल्ला अधिकारी किरण थापाले समारोहमा दोसल्लासहित प्रमाणपत्रले प्रदान गर्दै सम्मान गरेका हुन् ।

त्यस्तै खेलतर्फबाट राष्ट्रियस्तरीयमा नाम राख्न सफल बल थापा, हरिप्रकाश सुवेदी, अञ्जु कामवाङलगायत १५ जना विभिन्न विधाका खेलाडीलाइ प्रमाणपत्रसहित दोसल्लाले सम्मान गरिएको हो । बृहत सातौँ राष्ट्रिय खेलकुद ०७३ अन्र्तगत पाँचथरबाट १ सय ३० जना छनोट भइसकेका छन् ।

प्रतिक्रिया