खोलाले बगायो एक बालक

पाँचथर, ७ असोज । फिदिम–४ थापाटार निवासी रेशम कटुवालको ८ वर्षीय छोरा रिसब कटुवाललाई बुधबार साँझमा खोलाले बगाएको छ । उनलाई हेवाखोला पारीदेखि वारी आउने क्रममा चिप्लेर खोलाले बगाएको आफन्तले जनाएका छन् ।

घटनास्थलमा जिल्ला प्रहरीका सहायक निरीक्षक खडग गिरीको कमान्डमा गएको ११ जना प्रहरीको उद्धार टोली र स्थानीय परिचालित भएका छन् । बालक हालसम्म फेला परेका छैनन् । खोजीकार्य तमोर खोला आसपासमा भइरहेको प्रहरीले जनाएको छ ।

खोजीकार्य तीव्ररूपमा भइरहेको प्रहरीनायव उपरीक्षक नकुल पोखरेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया