तोडफोड आरोपमा ३ पक्राउ

काभ्रे, ७ असोज । बिपी राजमार्गको पनौती–१ चौकोटस्थित सडक खण्डमा गाडी रोकेर तोडफोड गरी लुटेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । भकुन्डेबँेशीबाट काठमाडांैतर्फ आइरहेको बा३ख ९५२८ नं. को यात्रुबहाक टोयटा हाइस् गाडी रोकी गाडीमा सवार यात्रु तथा चालकलाई नियन्त्रणमा लिएर लुटपाट गरिएको उनीहरूलाई आरोप लागेको छ । उनीहरूले नगद १ लाख ३० हजारसहित साढे १ तोलाको सुनको सिक्रीसमेत लुटी फरार भएको आरोप लागेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा काभ्रे जिल्ला घरभई कुशादेवी–४ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मीस्थान बस्ने वर्ष २१ को रोशन थापा, काभ्रे जिल्लाको सिसाखानी १ बस्ने वर्ष २३ को रोजकुमार लामा र काभ्रेकै कुरुवाबास चापाखोरी–१ बस्ने वर्ष २३ को मिलन लामालाई प्रहरी टोलीले पक्राउ गरेको
बताइएको छ ।

लुटपाटमा उनीहरूले प्रयोग भएको बा७२प ७३२६ र बा४७प ३४५८ नं.को २२० सिसीको मोटरसाइकलसमेत बरामद गरी ल्याइएको छ । उनीहरूलाई जिल्ला अदालतबाट रहजनी चोरी मुद्दामा म्याद थप अनुमति लिई घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको डिएसपी नविनराज राईले जानकारी दिएका छन् ।

प्रतिक्रिया