काभ्रे, ६ असोज । काभ्रेको बनेपामा माछापुच्छ्रे बैंकबाट भूकम्पपीडितका लागि वितरण गर्न कन्ट्री डेभलोपमेन्ट बैंकतर्फ लैजान लागेको रकम लुट्ने असफल प्रयास भएको छ । रकम वितरणका लागि बनेपामा केन्द्रीय कार्यालय रहँदै आएको कन्ट्री डेभलपमेन्ट बैंकले माछापुच्छ्रे बैंकबाट ३५ लाख रूपैयाँ निकालेको थियो ।
बुधवार बिहान ११ बजेर ४५ मिनेट जाँदा कन्ट्री बैंकका कर्मचारी सुजन श्रेष्ठ र बैंकका सुरक्षा गार्डले रकम लिएर आउने क्रममा मोटर साइकलमा सवार व्यक्तिले उत्त रकम लुट्ने प्रयास गरेको सिसी क्यामेरका फुटेजहरूमा देखिएको छ । फुटेजमा रकम निकाल्ने सूचना पाएर लुटेराहरूले बैंक नजिकैको बाटोमा कुरिररहेको राजेश हार्डवेयरमा राखिएको सिसी क्यामेराको फुटेजमा देखिएको हो ।
रकम लिएर बाहिर निस्कन साथ बैंकका गार्ड र पल्सरमा आएका ती व्यक्तिबीच नगद भएको झोला खोसाखोस भएको प्रत्यक्ष देखिएको तर पछि रकम लुटन भने असफल भएको जिल्ला प्रहरी कार्यलय काभ्रेका डिएसपी नविनराज राईले जानकारी दिए । मोटरसाइकल र चालक बारे थप अनुसन्धान भइरहेको उनले बताएका छन् । राईले भने, ‘बैंकले ल्याएको रकम फुटेज अनुसार नगद रहेका झोला खोसाखोस भएको देखिन्छ । हामी थप अनुसन्धानमा छौँ । बा ७५ प ८२५ नम्बरको मोटरसाइकलले बैंकको गेटसम्म पछ्याएको सिसिटिभी फुटेजमा देखिएको छ ।’
लुटेराहरू कालो निलो पल्सर मोटर साइकलमा आएको उनले बताए । उक्त बाइक करिब ५४ सेकेन्ड बैंक अगाडि कुरेको सिसी क्यामेराको फुटेजमा देखिएको उनले बताए । फुटेजमा घटनाको बारेमा प्रशस्त आधारहरू भएकाले अनुसन्धानमा सहज हुने राईले बताए । बैंकका सुरक्षा गार्डले पैसा लुटनबाट बचाएको भन्दै घटना स्थलबाट लुटेराले चप्पलसमेत छोडेको छ ।
बैंकको जस्तो संवेदनशील क्षेत्रमा यस्तो भएपछि बैैंक भित्रै रहेका कर्मचारीको समेत मिलेमतोमा सो भएको हुनसक्ने एक सञ्चालकले बताएका छन् । उनका अनुसार बैंकमा एउटै परिवारका २ व्यक्ति सुरज र सुमन कार्यरत रहेका छन् । यस विषयमा बैंकका अध्यक्ष इन्द्र भैलले भने प्रहरीले घटना भएको केही मिनेटपछि नै सूचना पाएको छ विश्वास गरौँ छिटै अनुसन्धान गर्नेछ । भूकम्पपीडितका लागि काभ्रेमा ३१ वटा बैँकबाट अनुदान रकम वितरण हुँदै आएको छ ।
प्रतिक्रिया