एसियाली गोजुरियो महासंघमा मित्र र कँडेल

mitra-kandelकाठमाडौं, ५ असोज । २ नेपाली खेलकर्मी सीताराम कँडेल र बिआर मित्र एसियाली गोजुरियो कराते महासंघको बोर्ड पदाधिकारीमा निर्वाचित भएका छन् । हालै मलयसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न एसियाली गोजुरियो कराते महासंघको बोर्डको चुनावमा उनीहरू निर्वाचित भएका हुन् । एसियाली गोजुरियो कराते प्रतियोगिता, रेफ्री सेमिनार, एसिया प्यासिफिक कराते प्रतियोगिताका साथै गत साउन २४–३० गतेसम्म भएको आयोजनामा उक्त महासंघको चुनाव पनि भएको थियो ।

बिआर मित्र एसियाली गोजुरियो कराते महासंघको महासचिव र सीताराम कँडेल कोषाध्यक्षमा निर्वाचित भएका हुन् । समाचारअनुसार, सिंगापुरका पूर्वअध्यक्ष एल्बिन त्यान उन ली पुनः अध्यक्ष चुनिएका छन् । ५ उपाध्यक्षसहित बोर्ड ८ सदस्यीय निर्वाचित भएको छ ।

ब्ल्याकबेल्ट सातौँ डान बिआर मित्र पछिल्ला १० वर्षदेखि नेपाल गोजुरियो कराते डो महासंघका महासचिव एवं प्रमुख प्रशिक्षकका रूपमा सक्रिय छन् भने ब्ल्याकबेल्ट चौथो डान कँडेल नेपाल गोजुरियो कराते डो संघका पूर्वअध्यक्ष हुन् । उनीहरू दुवैजना यसअघि पनि एसियाली महासंघका बोर्ड सदस्य रहँदै आएका थिए भने मित्र दक्षिण एसियाली गोजुरियो कराते महासंघका अध्यक्ष एवं कँडेल उपाध्यक्षसमेत हुन् । स्मरणीय छ, सीताराम कँडेल चर्चित अन्तर्राष्ट्रिय गोजुरियो कराते खेलाडी सुस्मिता कँडेलका पिता हुन् ।

प्रतिक्रिया