स्किम्सको दुवै टोली प्रिक्वाटरफाइनलमा

schems 3 on 3 basketballकाठमाडौं । आयोजक स्किम्सको ‘बी’ र ‘सी’ दुवै टोली प्रथम स्किम्स खुला थ्री बाइ थ्री छात्र बास्केटबल प्रतियोगितामा शुक्रबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

महाराजगञ्ज, चक्रपथस्थित घरेलु कोर्टमा भएको समूह ‘जि’ को लिग खेलमा स्किम्स ‘बी’ ले प्रतिक वारियरलाई १४–१० तथा सामाखुसी इंग्लिस बोर्डिङ (सेब) स्कुललाई ९–५ ले पराजित ग¥यो । विजेताका आदित्य गिरीले प्रतिकविरुद्ध ७ र सेबविरुद्ध ४ अंक जोडे । स्किम्स ‘बी’ विजेता हुँदै प्रि–क्वाटरफाइनलमा पुगेको हो । प्रतिक पनि समूह उपविजेताका हैसियतले प्रि–क्वाटरफाइनलमा पुग्न सफल भयो ।

त्यस्तै स्किम्स ‘सी’ प्यासिफिकबाट वाकओभर पाउँदै समूह ‘सी’ को उपविजेता बन्दै प्रिक्वाटरफाइनलमा पुग्यो । यो समूहबाट लुम्बिनी विजेताका रूपमा प्रिक्वाटरफाइनल पुग्यो ।

प्रिक्वाटरफाइनलमा पुग्न सफल अन्य टोलीमा भ्याली पब्लिक, एचएचसीए, प्रतिक एन्ड ग्रुप, सिसिआरसी ‘ए’ र ‘बी’, विकेड ब्वाइज, गोल्डेनपिक, पिबिएस, एसियन बुद्ध, नासा, एक्सआइसी वारियर्स तथा डिसिप्लिन ब्वाइज रहेका छन् ।

प्रतियोगिताको आयोजक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेबबहादुर खड्काले रेफ्री सुनिल केसीलाई बल हस्तान्तरण गरी उद्घाटन गरे । ३ दिने प्रतियोगितामा ०७२ सालमा एसएलसी दिएर बसेका विभिन्न विद्यालयका ३२ टिमको सहभागिता रहेको स्किम्सका प्रिन्सिपल आरपी खतिवडाले जनाएका छन् । शीर्ष ३ स्थानमा रहने टिमले क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार हात पार्नेछन् ।

प्रतिक्रिया