फुटभली थाइल्यान्ड प्रस्थान

काठमाडौं । थाइल्यान्डमा हुने नवौँ अन्तर्राष्ट्रिय फुटभली च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडी, २ अफिसियल र मिडियासहित ७ सदस्यीय टोली त्यसतर्पm प्रस्थान गरेको छ ।

नेपाल फुटभली संघका उपाध्यक्ष एवं प्रशिक्षक राजु थापाको नेतृत्वमा थाइल्यान्ड गएको टोलीमा खेलाडीहरू विजयराज जोशी, रुपेश सुनार, अमूल्य काजी महर्जन र सञ्जय महर्जन रहेका छन् । अन्य अफिसियलमा अनु सापकोटा र मिडियामा पूर्णिमा श्रेष्ठ रहेका छन् । टोलीलाई संघका अध्यक्ष मनिष जोशी र महासचिव दामोदर भट्टराई ‘बद्री’ले अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरे ।

जेठ १ र २ गते आयोजना हुने प्रतियोगितामा नेपाल, भारत, सिंगापुर, थाइल्यान्डलगायत १६ देशको सहभागिता हुने नेपाल फुटभली संघका महासचिव भट्टराईले जानकारी गराए । सोही अवसरमा उपाध्यक्ष थापाले सो खेलको रेफ्री प्रशिक्षण कोर्षमासमेत सहभागिता जनाउने भएका छन् । (सौस)

प्रतिक्रिया