श्रेष्ठ र केसीलाई सम्मान

shrestha n simon sammanकाठमाडौं । अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक विजेताद्वय खेलाडी लोकमानसिंह श्रेष्ठ र सिमोन खत्री सम्मानित भएका छन् । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता श्रेष्ठ र खत्रीलाई नेपाल स्पोर्टस् क्लबले सम्मान गरेको हो । खत्रीलाई क्लबले २५ हजार रुपैयाँले सम्मान गरेको छ ।

लोकमानले सन् २०१५ र २०१६ मा भएको न्युयोर्क ओपनमा कांस्य पदक जितेका थिए । सिमोनले सन् २०११ मा भारतमा भएको बादोरियो कराते च्याम्पियनसिप, सन् २०१४ मा भएको चौथो वादोरियो कराते तथा सन् २०१२ मा मलेसियामा भएको १०आँै अन्तर्राष्ट्रिय कराते प्रतयोगितामा स्वर्ण जितेका थिए । श्रेष्ठ र खत्रीलाई नेपाल स्पोर्टस् क्लबका सचिव कुशल श्रेष्ठले सम्मान गरे । (सौस)

प्रतिक्रिया