बालाजु डोजो च्याम्पियन, रजिना र लक्ष्मण उत्कृष्ट

balju dojo champion karateकाठमाडौं, २६ वैशाख । बालाजु डोजोले दक्षिण भेगीय खुला कराते प्रतियोगितामा टिम च्याम्पियनको उपाधि जितेको छ । शनिबार साझ सम्पन्न प्रतियोगितामा च्याम्पियन बालाजुले ९ स्वर्ण, ५ रजत र ८ कांस्य जित्न सफल भएको थियो । दोस्रो स्थानमा रहेको नरहरि डोजोले ७ स्वर्ण र ४ रजत जितेको थियो ।

त्यस्तै सतुंगल डोजोले ४ स्वर्ण र ४ रजत जित्यो । सतुंगल डोजोको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा रजिना विष्ट र लक्ष्मण बस्नेत उत्कृष्ट खेलाडी चुनिए । नरहरिपुर डोजोकी रजनीले महिला खुलातर्फ स्वर्ण जितेकी थिइन् । आयोजक सतुंगल डोजोका लक्ष्मणले पुरुष खुलातर्फ स्वर्ण जितेका थिए ।

प्रतिक्रिया