२–० को अवस्थामा खेल स्थगित

nepal cup stagit Green APF and red Ilam 11 copyइलाम, २३ वैशाख । तेस्रो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको आयोजक इलाम–११ र पूर्वाञ्चल सशस्त्र प्रहरी बल फुटबल टिमबीच भएको सेमिफाइनलको खेल खराब मौसमका कारण २–० को अवस्थामा स्थगन भएको छ ।

सेमिफाइलनको दोस्रो हाफको १८ मिनट १३ सेकेन्डको अवस्थामा मैदानमा हुस्सु लाग्न गई खेलाडी र बल नदेख्ने अवस्था उत्पन्न भएपछि दुवै टोलीको सहमतिमा अर्को व्यवस्था नभएसम्मका लागि प्रतियोगिता रेफ्री सुरज मानन्धरले खेललाई स्थगन गरे ।

अन्तर्राष्ट्रिय नियम अनुसार मौसम सफा भएपश्चात् सोही समयबाट खेल सञ्चालन गरी प्रतियोगितामा जितहारको निर्णय गरिने रेफ्री मानन्धरले जानकारी गराए ।

असअघि सशस्त्र प्रहरी बल फुटबल टिमका लागि खेलको दोस्रो हाफको सातौँ मिनेटमा हरि कार्कीले गोल गर्दै अग्रता दिलाएका थिए । उनले उज्जल चामलिङले मैदानको देब्रे कर्नरबाट गरेको माइनल बललाई सदुपयोग गर्दै विपक्षीको पोलको जाली चुमाएका थिए । यस्तै टोलीलाई अगाडि बढाउने क्रममा उज्जल चामलिङले वान भर्सेस वानको अवस्थामा आयोजक इलाम–११ का गोल किपरको माथिबाट भली प्रहार गरी गोल गर्दै खेललाई २–० को अवस्थामा पु¥याएका थिए ।

प्रतिक्रिया