जनताको काम गर्ने अवसर

लोकतान्त्रिक शासन व्यवस्थामा सांसद् भनेका जनप्रतिनिधि मात्र होइनन् जनताका सेवक पनि हुन् । भर्खरै संसद्को अधिवेशन सुरु भएको छ । यो उनीहरूका लागि जनताका पक्षमा गरेर देखाउने अवसर हो । संविधान निर्माण नहु“दासम्म सांसद्हरूलाई उम्कने बहाना थियो । संविधान लेखनका विषयमा ध्यान केन्द्रित गर्नु परेकाले समय दिन सकिएनभन्दा बाध्य हुनु प¥थ्यो । आप्mनो संविधान आफै“ले चुनेका प्रतिनिधिबाट लेखाएर सार्वभौम सत्ताको अभ्यास गर्ने नेपाली जनताले देखेको सात दशक लामो सपना पूरा गर्न सबै ध्यान केन्द्रित भएकाले जनहितका अरू काम गर्न नसकेको भन्दा जनताले नपत्याए पनि सहजै स्वीकार गर्थे । तर, संविधान जारी भइसकेपछि पनि सांसदहरूले नेपाली जनताको प्रतिनिधित्वको धर्म राम्ररी पूरा गर्नसकेका छैनन् । सञ्चार सुविधाको विकासले जनताले सबै थाहा पाएका हुन्छन् । अब जनताप्रति उत्तरदायी र इमानदार नभए सांसदहरूले जनचुनौतीको सामना गर्नुपर्ने हुनसक्छ ।

यति हु“दाह“ुदै संसद् सुरु भएको पहिलो र दोस्रो दिनमा नेपाली राजनीतिमा जुन दृश्य देखियो त्यो त्यो निराशाजनक थियो । अहिलेलाई त्यो टरेको छ र अब सांसद्हरूले विकास, निर्माणमा केन्द्रित हुनुपर्ने अवस्था छ । देशको एकतिहाई जनसंख्या गतवर्षको भूकम्पको विध्वंशबाट पीडित छ । तराईमा चलाइएको लामो नाकाबन्दीले भूकम्पपीडितलगायत सिंगो मुलुक अझै सहज हुन सकेको छैन । तराईमै बसोवास गर्ने जनसंख्याको पनि ठूलो अनुपातले नाकाबन्दीका साथै तराई केन्द्रित बन्द, हड्ताल र विध्वंश सहनुपरेको छ । मह“गी, कालोबजार, कृत्रिम अभाव र भ्रष्टाचारजन्य फजितीबाट जनता आजित भएका छन् । सांसदहरूले आप्mना पीरमर्का सरकारसामु प्रभावकारीरूपमा राख्न र तिनलाई सम्बोधन गर्न लगाउन सक्छन् कि सक्तैनन् भनेर जनताले निगरानी गरिरहेका छन् । सांसदहरूले जनताको यो अपेक्षा बुभ्mन सकेनन् भने उनीहरूप्रति वितृष्णा उत्पन्न हुने निश्चित छ । जनता एकातिर विकास, प्रगति र दैनिक जनजीवन सहज बनाउन सांसदहरूको प्रभावकारी भूमिका रहोस् भन्ने अपेक्षा गर्छन् भने अर्कातिर अब राजनीति पारदर्शी र जनउत्तरदायी होस् भन्ने चाहन्छन् । अर्थात् जनता सबै पक्षमा सुधार, परिवर्तन र परिमार्जन चाहन्छन् । त्यसका लागि सबैभन्दा पहिले जनताले अपेक्षा गर्ने आप्mना प्रतिनिधिस“गै न हो ।

सांसदहरूको अहिलेको प्रस्तुति प्रभावकारी नभएमा जनतामा वर्तमान शासन पद्धतिप्रति नै क्षोभ उत्पन्न हुनसक्छ । सांसदहरू त एकथरी विफल भए अर्काथरी आउनेछन् तर मुलुक नै असफल भए त्यसको अन्तिम परिणाम के हुन्छ ? कल्पना मात्र गर्न सकिन्छ । यसैले सत्ता र प्रतिपक्षका सांसदहरूले सरकारको समर्थन र विरोध गर्दा सत्ता स्वार्थमा मात्र केन्द्रित होलान् कि भनेर जनताले हेरिरहेका छन् । नेताहरूलाई त कार्यकर्ता मात्र रिझाए पुग्छ तर जनप्रतिनिधिले पाइलैपिच्छे जनतासामु अग्निपरीक्षा दिनुपर्छ । हुनत, सरकार र प्रतिपक्षका नेताहरूको नियतले सबैलाई झस्काइदिएको छ । यसले केही सरकारलाई र जनप्रतिनिधिलाई पनि पाठ पढाएकै हुनुपर्छ । सरकारलाई समयले जुनसुकै बेला अप्रत्याशितरूपमा कोल्टे फेर्न सक्छ, त्यसैले जति रहिन्छ राम्रा र लोकप्रिय काम द्रुतगतिमा गर्नुपर्छ भन्ने सिकाएको छ भने जनप्रतिनिधिलाई जनताले देख्ने गरी पारदर्शी भएर जनताका पक्षमा काम गर्न ढिलाई गरे । आगामी निर्वाचनको अग्निपरीक्षा झेल्न सकि“दैन भन्ने लागेकै हुनुपर्छ । अब कुनै बाहानावाजीमा टार्ने ठाउ“ नभएकाले पनि जनप्रतिनिधिलाई काम गर्नैपर्ने बाध्यता छ । यो अधिवेशन बजेट अधिवेशन भएकाले एउटा असल जनप्रतिनिलिाई यो अवसर हो । जनप्रतिनिधिलाई जनताको पक्षमा काम गर्न सबैले हौसला दिऔ“ ।

प्रतिक्रिया