कञ्चनजंगा सेमिफाइलनमा

nepal cup footballइलाम । सिलगुढीको कञ्चनजंगा फुटबल क्लब तेस्रो नेपाल कप आमन्त्रण फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । स्पोर्टस् फर अल क्लब नेपालको आयोजनामा इलामको करफोक फुटबल मैदानमा भएको खेलमा कञ्चनजंगाले मोरङ–११ फुटबल टिमलाई ४–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो । खेलको १४औँ मिनटमा कञ्चनजंगाका निवास मगरले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

मोरङका गोलकिपरले डि–बक्सभन्दा बाहिर आएर बल थ्रो गर्दा रेफ्रीले कञ्चनजंगाको लागि फाउल प्रदान गरेका थिए । सोही बलमा मगरले गोल गर्दै टोलीलाई १–० ले अग्रता दिलाएका थिए । टोलीलाई अग्रता दिलाउने क्रममा सिद्धान्त क्षेत्रीले २२औँ मिनेटमा गोल थप्दै गोल अन्तरलाई बढाए । मध्यान्तरपछि सुधारिएको खेल खेले पनि मोरङले गोल गर्न सकेन । दोस्रो हाफको ५६औँ मिनटमा मोरङका किपर अगाडि बढेको  फाइदा उठाउँदै अभिषेक दर्जीले आफ्नो टोलीका लागि गोल गर्दै गोल अन्तरलाई ३–० मा पु¥याए । चौथो तथा अन्तिम गोल ६५औँ मिनेटमा अफ्रिकन खेलाडी टिमोले गरे ।

आइतबारै भएको अर्को खेलमा स्थानीय आयोजक इलाम–११ फुटबल टिमले २ गोलले पछि परेको अवस्थालाई उल्टाउँदै कालिम्पोङको शेरे फुटबल क्लबलाई ३–२ गोल अन्तरले पराजित ग¥यो । खेलको पहिलो हाफमा शेरे फुटबलका लागि १३औँ मिनटमा सन्दीप सुब्बाको पासलाई सदुपयोग गर्दै टोलीका लागि पहिलो गोल गर्दै टोलीलाई १–० गोलको अग्रता दिलाए । यस्तै टोलीको लागि गोल गर्ने क्रममा २३औँ मिनेटमा टोलीले पाएको कर्नर किकलाई सदुपयोग गर्दै समिप गुरुङले हेड गोल गर्दैै गोल अन्तरलाई २–० मा पु¥याए । खेलमा पछिपरेको अवस्थालाई सुधार्दै इलामले ३४औँ मिनटमा गोल गर्दै गोल अन्तरलाई २–१ म झार्न सफल भयो । सन्दीप राईले पाएको फ्रि–किकलाई सदुपयोग गर्दै गोलमा परिणत गरेका थिए ।

दोस्रो हाफमा इलामले आपूmलाई अझ सक्षम बनाउँदै दोस्रो हाफको १७औँ मिनटमा संजोक राईले गोलबारबाट फर्किएको बललाई हेडमार्फत गोलमा परिणत गर्दै खेललाई २–२ को बराबरीमा ल्याए । यस्तै उनले २०औँ मिनटमा संगम राईले प्रहार गरेको बललाई शेरेको किपरले समात्न नसकेको फाइदा उठाउँदै आफ्नो व्यक्तिगत दोस्रो गोलसहित टोलीलाई ३–२ को जित दिलाउन सफल भए । यसका साथै इलाम क्वाटरफाइलनमा प्रवेश गरेको छ । (सौस)

प्रतिक्रिया