कमल, जितेन्द्र, रेन्जन र संरक्षक सेमिफाइनलमा

lawn tenishकाठमाडौं । कमल भण्डारी, जितेन्द्र परियार, रेन्जन लामा र संरक्षकभूषण बज्राचार्य चौथो सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्सतर्फ मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा कमलले दावा शेर्पालाई ६–१ र ६–४, जितेन्द्रले सक्षम कार्कीलाई ६–१ र ६–०, रेन्जनले शक्ति शर्मालाई ६–३ र ६–० तथा संरक्षकले कुमार अधिकारीलाई ६–२, २–६ र ६–१ ले पराजित गरे ।

महिला सिंगल्सको उपाधिका लागि जुम्ल्याहा दिदीबहिनी मायांका र माहिका राणा उपाधिका लागि भिड्ने भएका छन् । मायांकाले इरा रावतलाई ०–६, ६–३ र ६–२ तथा माहिकाले विभूति कार्कीलाई ६–४ र ६–१ को सेटमा हराए । (सौस)

प्रतिक्रिया