उसु प्रशिक्षकको सहयोग

काठमाडौं । उसु प्रशिक्षक कल्याणकारी कोषले दोलखा जिल्ला खेलकुद विकास समितिका उसु सहायक प्रशिक्षक जगत जिरेललाई मंगलबार आर्थिक सहयोग उपलब्ध गराएको छ । गतवर्षको ५ माघमा आमा र २७ फागुनमा बुबालाई गुमाएका जिरेललाई ६६ हजार आर्थिक सहयोग प्रदान गरिएको हो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले जिरेललाई कोषका प्रतिनिधिको उपस्थितिमा रकम हस्तान्तरण गरे । ०७० सालमा उसुसम्बद्ध पीडितलाई सहयोग गर्ने उद्देश्यले स्थापित कोषमा करिब १ करोड रुपैयाँ जम्मा गर्ने लक्ष्य रहेको कोषका प्रतिनिधि एवं उसु प्रशिक्षक सुमन भट्टले जानकारी गराए । (सौस)

प्रतिक्रिया