‘च्याम्पियन’ले आर्थिक सहयोग गर्ने

काठमाडौं । क्रिकेट खेल तथा खेलाडीहरूको विकास र विस्तार गर्ने उद्देश्यले आरडी मिडिया हाउसको ब्यानरमा बनेको चलचित्र च्याम्पियनले च्यारिटी प्रदर्शनमार्फत आर्थिक संकलन गर्ने भएको छ । सो अभियानको लागि जिल्ला दौडाहामा निस्केका चलचित्रसँग सम्बन्धित व्यक्तिहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले उक्त चलचित्रको नाम अंकित टि–सर्ट प्रदान गर्दै बिदाई गरे ।

रीना पोखरेलको निर्माण, राजेश्वर श्रेष्ठ सहनिर्माता, बिबी फुयालको निर्देशन, कृष्ण पोखरेल (डेकमणी) को कथामा बनेको चलचित्र च्याम्पियनको च्यारिटी प्रदर्शनबाट उठेको रकम क्रिकेट खेल र खेलाडीको विकासमा लगाउने कृष्ण पोखरेलले जानकारी गराए । च्याम्पियनमा दिक्पाल कार्की, साहिल खान, मञ्जिता केसी, रगीस फुँयाल, जगत टमाटा र अन्डर–१९ क्रिकेट टिमको अभिनय रहेको छ ।

प्रतिक्रिया