चर्च ब्वाइज क्लब काठमाडौं फाइनलमा

church boyपाँचथर, ८ वैशाख । पाँचथरको यासोकमा जारी प्रथम कुम्मायक कुस्सायक आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा फेमिफाइनलका खेल सुरु भएका छन् । बुधबार भएको पहिलो सेमिफाइनलमा ताप्लेजुङलाई पराजित गर्दै चर्च ब्वाइज क्लब काठमाडांै फाइनलमा प्रवेश गरेको छ । यासोक खेलमैदानमा सम्पन्न खेलमा चर्च ब्वाइजका तर्फबाट दिपेश श्रेष्ठ र मार्टिनले गोल गरेका थिए ।

दिपेशले टिमका लागि २ गोल गरेका छन भने मार्टिनले थप १ गोल गर्दै टिमलाई ३–२ को नतिजा दिलाएका हुन् । ताप्लेजुङका लागि कृष राईले एक्लै २ गोल गरे पनि जितका लागि पर्याप्त हुन सकेन । अयोजकले ताप्लेजुङका कृष राईलाई पहिलो सेमिफाइलनका लागि म्यान अफ द म्याचको उपाधि दिएको छ । प्रतियोगितामा बिहीबार दोस्रो सेमिफाइनलमा आयोजक सयपत्री रातो र बिआरसी भुटानबीच प्रतिस्पर्धा हुने भएको छ । यासोक मैदानमा दिउँसो २ बजे खेल हुने बताइएको छ ।

बिहीबार हुने खेलबाट फाइनल समीकरण पूरा हुनेछ । प्रतियोगितामा ‘ए’ डिभिजनमा खेल्ने खेलाडी समावेश भएका ८ टिम सहभागी छन । १० वैशाखसम्म चल्ने प्रतियोगिताको विजेता टिमले नगद १ लाख ५० हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया