राष्ट्रिय वाणिज्य संघमा काफ्ले

banijya sanhgaपाँचथर, ७ वैशाख । पाँचथरमा एमाले निकट नेपाल राष्ट्रिय वाणिज्य संघको पहिलो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मंगलबार भएको सम्मेलनले उद्योग वाणिज्य संघ पाँचथरका द्वितीय उपाध्यक्षसमेत रहेका यामनाथ काप्mलेको अध्यक्षतामा १५ सदस्य कार्य समितिको चयन गरिएको छ ।

एमाले निकट व्यवसायीहरूको उपस्थितिमा भएको अधिवेशनले उपाध्यक्षमा टीकाराम पोखरेल, सचिवमा मदन बोहोरा, सचिव चन्द्र काफ्ले, सहसचिव हिमाल रिजाल र कोषाध्यक्षमा इन्दिरा धौरालीलाई चयन गरेको हो । यसैगरी सदस्यहरूमा सन्तोष सेन्चुरी, मदन कालिकोटे, नविन किशोर घिमिरे, प्रतिमा पौडेल, भवानी खनाल, दलकर्ण राई, भोला मिश्र, शेखर अधिकारीलाई छानेको छ ।

सम्मेलन केन्द्रीय उपाध्यक्ष उमेश पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । सम्मेलनमा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष शेखर ढकाल, झापा वाणिज्य संघका अध्यक्ष भीष्म खरेल, प्रेस चौतारी जिल्ला अध्यक्ष तुलसी थापा, वाणिज्य संघका केन्द्रीय सदस्य तारा घिमिरे, एमाले जिल्ला सचिव तिवेन्द्रराज चापागार्इं, वाणिज्य संघका केन्द्रीय उपाध्यक्ष उमेश पौडेलले आआफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया