लेख : मैले नपत्याएको थाम्सुहाङ बुढा

koshi kinareफुलेको कपाल र चिमचिम गरिरहने चिम्सा आँखा भएका तीबुढा थिए कार्यक्रमका प्रमुख ! केन्द्रबाट अमर तुम्याहाङ लगायतका प्राज्ञहरु आएका थिए । अतिथी थिए गजलकार बिजय सुब्बा । प्रज्ञा प्रतिष्ठानको त्यसपटकको कार्यक्रम लिम्बु कबिता महोत्सव म्याङ्लुङमा परेको रहेछ । छथरे लिम्बुभाषाबाट प्रतिनिधित्व गर्दै हामी गएका थियौं तिनजना भरत थोक्लेन, बाली छथरे र म । कार्यक्रममा तिबुढा लाई महत्वका साथ लिई रहँदा मलाई खसखस लागिरहेकोथ्यो ।

आखिर को हुन यि बुढा ? यी बुढाको नाम त्यत्रो पत्रपत्रिका पढ्दा किन कहिल्यै देखिन ! के छ ? के हुन यि बुढाका विशेषता ? कार्यक्रम अबधिभर मलाई खसखस लागि रह्यो । जब कार्यक्रम सिद्दियो हामी अलि टाढाका सहभागी हरुलाई खानपिन र बस्नेको जोहोसमेत प्रतिष्ठानले नै गरि दिएको रहेछ । त्यसैले हामीलाई लगिएको थियो होटेल झरनामा । बूढो अगी नै तोङ्बाले अनुहार रातोपिरो बनाएर खुब गफिदैँ रहेछ । मलाई फेरी पनी हुटहुटी चल्यो मातुवा र दश दुनीया गफ हाक्ने बुढाले साहित्यमा के चाहिँ ख्यांसेको रहेछ ? कवि भवानी तावासंगको परिचय पछि म तिनै बुढाको अगाडि राखिएको काठको ठूलो तोङ्बा र तोङ्बाले तातिएको उस्को रातोपिरो गाला हेर्दै उसको गफ सुन्न थाले । त्यसैबेला एकजना गजल्टे जस्तो देखिने र अलि मातिएको जस्तो लाग्ने मान्छे आएर एउटा प्रश्न सोधिहाले पत्रकारको स्टाईलमा ‘तपाईं कस्तोखाले साहित्यकार हो ?’ म मुसुमुसु हांसे ।

त्यो गजल्टेले प्रश्न जानेर सोध्यो या नजानेर ती बुढाले पनि हास्दै जवाफ फर्काए, ‘म मुलत लिम्बुभाषाको साहित्यकार हुँ ।’

जेहोस बुढाले लिम्बुभाषा लाई धेरैमाया गरेका रहेछन् केहि मात्रमा मलाई बुढाप्रती स्नेह जागेर आयो । यि बुढा बडो सालिन र साधरण देखिन्थे बोल्दा साहित्यका गतिलो शब्दहरु जोडेर बोल्थे उसका बोली र ओठहरु बिस्तारै काप्थे। बोल्दाबोल्दै अचानक ती बुढा कवि स्वाप्निल स्मृति सम्म पुगे, “केटो खतरा लेख्छ । स्वाप्निल भनेको स्वाप्निल हो’ । बूढो फेरि पुगे साहित्यिक आन्दोलन सम्म, ‘तेश्रो आयम, राल्फा, पछाडि उतर्वर्ती सोच, भयबाद, शिर्जनशिल अराजकता, रंगबादले साहित्य लाई हल्लाएकै हो’ बुढोले साहित्यको इतिहास नै छताछुल्ल र चिरफार बनाएको देख्दा मलाई आश्चर्य लाग्यो । बुढो त खतरा रहेछ केही डराएँ म । अलिकति मुस्कान छाडेर आँखा चिमचिम पार्दै बुढा फेरी बोले, “सायद इन्द्रबहादुर र बैरागीको बाटो हिडेको भए म यतिबेला उनिहरुकै ठाउँमा हुन्थे । तर मैले खस साहित्य लाई भन्दा आफ्नो मातृभाषा साहित्य लाई मुख्य जोडदिएँ । त्यसैले म यंहि छु म जहाँ छु ठिक छु मलाई दुख छैन ।’

अघिसम्म बुढालाई नाथु सम्झेको थिएं मैले । अब भने बुढाको सामुन्ने बसेर बुढोको चेहेरामा सिधा नजर जुधाउने आंट म मा रहेन । ‘मैले काईंला लाई भनेकै थिएं तेश्रो आयम अपुरो छ ।’ तेश्रो आयमको समालोचना बुढाले मज्जैले गरे । ‘इन्द्रबहादुर राईलाई नी मैले भनेकै थिएं लिलालेखन पनि साहित्यको हिट बजार मात्र हो ।’ अन्तत लिला लेखन लाई पनी बांकी राखेनन् बुढाले ।

साहित्यको सस्तो बजारलाई बुढाले मिथ्या बैंशालु रहरको उपमा दिए । बुढाले फेरि चिमचिम आँखा पार्दै बोलेका थिए । ‘साहित्यत आर ए आर ए रारा चाउचाउ जस्तो बिज्ञापनमा चल्नु भएन नी !’ त्यसरात हामिसँग समय पनि थोरै थियो उसमाथी बुढा अलि अस्वस्थ रहेछन । ‘बाबुहरु कंहाबाट ?’ मित्र भरत र मैले एकैचोटि त्यो प्रश्नको जबाफ दिएका थियौँ । “हामी धनकुटा बाट’ बुढाले उज्यालो अनुहार लिएर बोलेका थिए फेरी, ‘जिम्मेवारी अबको काँध तपाहरुको हुनुपर्छ ।’ यो भन्दा बढि बोलचाल हामि बिच भएन । त्यो पल हामिले सोचेका थिएनौ यो हाम्रो पहिलो र अन्तिम भेट हो भनेर ।

तर, दुर्भाग्य आखिर त्यही भयो हाम्रो लागि पहिलो र अन्तिमा भेट ! बिहान तिनलाई भेटेर धेर बोल्ने आंट मसंग नभए पनी नमस्कार गरेर बिदासम्म माग्ने आंट रातभरीमा बनाएको थिएँ । तर भोलि बिहान म उठ्दा ति बुढा भाले नबास्दै हिडिसकेका रहेछन । सोधखोज गर्दा थाहा भो म्याङ्लुङ देखि याङनाम पान्थर सम्म हिडेरै पुग्नुपर्ने रहेछ । बुढोलाई गाडी नफाब्दो रहेछ । बूढो कार्यक्रमको लागि दुईदिन लगाएर याङनाम देखि म्याङलुङ आएका रहेछन । बुढोको नाम चाहिँ मैले कहिँ कतै सुनेको हुँ लिम्बू भाषा र लिम्बू साहित्यमा अग्र नै गनिन्छ रे बुढोको नाउँ फर्किदा गाडिमा मित्र भरतले यतिकुरा सुनाए । त्यत्रो बूढो शरीर कसरी दौडाए होला अहिले कहाँ पुगे होलान । गाडिको यात्राभरी ती बुढालाई मैले सम्झिरहेँ । पछि काठमाडौंको चुम्लुङहिम अगाडि बसेर तिबुढाको बारे मैले कवि स्वाप्निल स्मृति संग सोधखोज गर्दा स्वाप्निलले मलाई धेरै थर्काएका थिए । ‘खुबै दुईचारवटा कबिता लेख्दैमा किताब पढ्दैमा आफुलाई चर्चित र बिज्ञ सम्झिन्छन साथिहरु । जसले आफ्नै नजिकको एउटा सिंगो ऐतिहासिक खम्बालाई चिन्दैन । के लेख्छौ हौ साथि भाई हो के पढ्छौ हौ ? ती बुढालाई नचिन्ने को छ हौ ?’ म खंग्रंग भएको थिएँ झरेर सुकेको पात जस्तै ।

साँच्चै हामी बिना अध्ययन निकम्मा सस्तो चर्चामा कुदिरहेका रहेछौँ बिगतलाई सम्मान नगर्ने हो भने आगतलाई कसरी सम्मानजनक तरिकाले हिँडाउन सकिएला र ? फेरि पनी ती बुढालाई सम्झिदैँ म उडें अरब तिर । म अरबमा आईसकेपछी पनि धेरैचोटी बुढालाई सम्झिरहे । भरखरमात्र अनलाईन पत्रीकामा बुढोको बारे छापिएको थियो । त्यहाँ बाट अझ नजिक भएको थिएँ । बुढोलाई भेट्न याङनाम सम्मै पुग्ने यसपटकको छुटिमा योजना थियो मेरो । बूढो बिमार छन् भन्ने केहि दिन अघिमात्र एकजना मित्रको स्टाटस पढेको थिएँ । तर साहित्यकार धर्मेन्द्रबिक्रम नेम्बाङ दाईको स्टाटसमा बुढो बितेको कुरा पढ्दा मलाई धेरै दुख लागेकोछ । बुढाले छाडेर गएपनि बुढासँग भएको त्यो अपत्यारिलो भेट मेरो जीबनको लागि अबिस्मरणीय बनेकोछ । जहाँ जुन भेटमा एउटा महान ब्याक्तित्व लाई गुमाएको थिएँ । फेरिपनी हार्दिक श्रद्दासुमन । साहित्यका शिखर ब्याक्तित्व लिम्बु साहित्यका एक मुर्धन्य साहित्यकार थाम्सुहाङ पुष्प सुब्बा लाई !

प्रतिक्रिया