एशियन च्याम्पियनसिपमा नेपाल पराजित

काठमाडौं, ४ वैशाख । उज्वेकिस्तानको तासकेन्तमा आयोजित एशियन सिनियर जुडो च्याम्पियनसिपमा नेपाली खेलाडीहरु पहिलो चरणबाटनै बाहिरिएका छन् ।

नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठका अनुसार पुरुष ६६ केजी मुनि रमेश मगर अफगानिस्तानका आर्यन मोहम्मद रसिद संघ उचिमाता इप्पोनको आधारमा पराजित भए । उनी १.५२ मिनट रिङमा टिकेका थिए । त्यस्तै लिला अधिकारी भियतनामकी न्युगेन थ्वईसँग र दक्षिण एशियाली खेलकुदकी स्वर्णधारी फुपु ल्हामु खत्री चाइनिज ताइपेइकी हुवाङ्ग शि हानसँग ओसाईकोमीको आधारमा पराजित भइन् । उनी २.४५ मिनट रिङमा टिकेकी थिइन् ।

यसैगरी अर्का खेलाडी मनिता श्रेष्ठ प्रधान जापानकी यामामोतो अन्जीसँग ओसाईकोमीमा पराजित भइन् ।

एशियन जुडो युनियनको आयोजनामा भएको प्रतियोगितामा ३१ राष्ट्रका २६५ खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाएको महासचिव श्रेष्ठले जानकारी गराए ।

प्रतिक्रिया