कवि पुरानो छापामार

निचोरिएको अनुहार बोकेर
अस्ति मात्रै घर आएछ
छिमेकी पुरानो छापामार
उसका साराका सारा सपनाहरू
त्यसरी नै भत्किएको छ
जसरी भुइँचालोले यसको
अनि छिमेकमा हाम्रो घर भत्काएको छ
आयो रे भन्छ बोराका बोरा सहयोग
छिमेकी दातृराष्ट्रबाट
गामसम्म आएन वर्ष बित्यो
नजर परोस् तिनीहरूमा
अख्तियार र सर्वेन्द्र खनालहरूको ।

भेटमा के छ दोर्जे भनी सोधे
पुरानो छापामारलाई
हालत खराब बताउँछ ऊ
झन् धारे हात लाएर
तिनै नेताहरूलाई गरेको राजनैतिक गाली
बुझ्नै सकिनँ मैले
अनि भन्छ ऊ
धन्न मारिएन क्रान्तिमा
देख्न पाइयो धोकाहरू
त्यसो त राजसंस्था त ढाल्नु भो नि
प्रतिउत्तरमा
खै त खुमबहादुर र कमलहरूलाई त सकिएन त ?

प्रति प्रश्न गर्छ ऊ
र त सल्बाइरहेछ आज
खुमबहादुर र कमल थापाहरू
यतिकैमा छेवैको रुखबाट
फुत्त झर्छ सुकेको पात
देखाउँदै भन्छ
हेर्नाेस् त यो पात पनि झ¥यो ऊ
अब यो बिचरालाई
कि त उडाएर बतासले
नितान्त अपरिचित ठाउँ पु¥याउँछ
कि त यतै कतै कुहिन्छ सिधिन्छ
बस पातको कथा जस्तै भयो
हामी र हाम्रा सहिदका कथाहरू
वात चल्दै गर्दा
ठिक्क उसकै शिरमा पर्ने गरी
हाँगाबाट विष्ट्यायो कागले
लु बित्यास भो
फेरि पार्टी फुट्छ कि क्या हो
भन्दै बरबरायो ऊ
यस्ता कुरामा
विश्वास गर्थेन पहिले त ऊ
अचेल
उसको विश्वास फेरिएको छ
अरूलाई मुक्ति दिलाउन हिँडेको ऊ
उसैलाई समस्यै समस्याले घेरेको छ
तर बाँकी छ भन्छ क्रान्तिको दम्भ
देखाउँदै शरिरभरि क्रान्तिका डोबहरू
र त लेखिरहेछ
टुईन्निटर अनि फेसबुकका वालभरि
छिमेकी पुरानो छापामार
इनक्लाप जिन्दावाद !
काभ्रेपलाञ्चोक हाल कतार

प्रतिक्रिया