कल्याणकारी सेवाको लागि राष्ट्रिय भेला

epa01707206 Nepalese army takes part in the third Democracy Day Parade in Kathmandu, Nepal, 24 April 2009. Thousands of people including president Ram Baran Yadav and Prime Minister Pushpa Kamal Dahal attended the third anniversary of historical Democracy Day throughout the country 24 April to commemorate the victory of Nepali people over the authoritarian regime of King Gyanendra.  EPA/NARENDRA SHRESTHA

काठमाडौं, २३ चैत । सैनिक कल्याणकारीकोषबाट सेवा लिने वहालवाला, भूतपूर्व सैनिक एवं परिवारका प्रतिनिधिहरूको राष्ट्रिय भेला सैनिक मुख्यालय जंगी अड्डामा सुरु भएको छ ।

नेपाली सेना कल्याणकारी बोर्डद्वारा आयोजित उक्त राष्ट्रिय भेलामा बोर्डमातहत रहेका जिल्ला, अञ्चल र क्षेत्रका प्रतिनिधिका साथै सम्पर्क व्यक्तिसहित गरी २ सय जनाको सहभागिता छ । कल्याणकारी कार्यक्रमको पहुँच र प्रभावकारीतालाई बढाउँदै वहालवाला, अवकास प्राप्त तथा आश्रित परिवारको घरदैलोसम्म कार्यक्रम र योजना लागू गर्ने उद्देश्यले छलफलका लागि २ दिने राष्ट्रिय भेला आयोजना गरिएको हो ।

सेनाले कल्याणकारी बोर्डमार्फत आफ्ना वहालवाला एवं भूपू सैनिक र परिवारजनको जीवनस्तरमा सुधार ल्याउन सहुलियत ब्याजदरमा कर्जा प्राप्त गर्ने व्यवस्था मिलाएको छ । पछिल्लो समय बोर्डले नेपाल इन्भेस्टमेन्ट बैँकसँगको साझेदारीमा गरेर हिताधिकारीलाई व्यक्तिगत र सामूहिकरूपमा लघुवित्त, घरनिर्माण कर्जा र कृषि सहकारी सञ्चालनका लागि ४ दशमलव ५ प्रतिशत व्याजमा ऋण प्रदान गर्दै आएको छ ।

गएको फागुन मसान्तसम्ममा १० हजार ४ सय ७८ जना हिताधिकारी लघुवित्त कार्यक्रमा सहभागी भएकोमा उनीहरूलाई १ अर्ब ४३ करोड रुपैयाँ लगानी भइसकेको छ । सो कार्यक्रममा घरकर्जा र युवा कृषि स्वरोजगारलाई पनि समेटिएको सेनाले जनाएको छ । ‘यो आर्थिक वर्षभित्रै १५ हजार व्यक्तिलाई लघुवित्त कार्यक्रममा समावेश गराउने र २ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्ने योजना रहेको छ’ बोर्डका कार्यकारी अधिकृत एवं अवकास प्राप्त रथी चित्रबहादुर गुरुङले भने ।

कल्याणकारी कोषको अभिवृद्धि र सबै हिताधिकारीको बृहत्तरहितको लागि दुरगामी दृष्टि, लक्ष्य, रणनीति र ठोस प्रयासका साथै लक्षित समुदायमा विस्तार गर्न भूपूको बाहुल्यता रहेका ५३ जिल्लामा पुगेर अन्तत्र्रिmया गरिएको उनले बताए ।

आगामी ५ वर्षभित्रमा बहालवाला, भूपू सैनिक र तिनका आश्रित परिवार गरी ४५ हजारलाई लघुवित्तमार्फत ५ अर्ब रुपैयाँ लगानी गर्ने महत्वपूर्ण कार्ययोजना सेनाले अघि सारेको छ । मुलुकमा अहिले ६७ हजार ५ सयको हाराहारीमा भूपू सैनिक र आश्रित परिवारजन छन् भने नेपाली सेना ९६ हजार जनशक्ति भएको प्रमुख सुरक्षा संगठन हो । नेपाली सेनाले भूपू सैनिक सम्मेलन ३÷३ वर्षमा गर्ने कार्ययोजनासमेत अघि सारेको छ ।

सैनिक कल्याणकारी कोषबाट वहालवाला, अवकास प्राप्त सैनिक एवं तिनका परिवारको बृहतरहितको लागि स्वास्थ्य, शिक्षा, आर्थिक अनुदान, परिवार आवास गृह, सैनिक महाविद्यालय जस्ता कल्याणकारी कार्यक्रम सञ्चालनमा रहेका छन् । नेपाली सेनाले स्वास्थ्य विज्ञान संस्थान, व्यावसायिक तालिम संस्थान, कल्याणकारी बोर्डसमेत सञ्चालन गर्दै आएको छ भने त्रिचन्द्र मिलिटरी हस्पिटल पनि सञ्चालन गरिरहेको छ । सैनिक कल्याणकारी कोषको मूल पुँजीबाट आर्जित ब्याज र लगानीबाट प्राप्त प्रतिफल नै कल्याणकारी कार्यको एक मात्र भरपर्दाे स्रोत हो ।

सैनिक कल्याणकारी कोषमा लगानी गरिएको ३ अर्ब ९३ करोड, ९८ लाख ९० हजार रुपैयाँसमेत गरी फागुन मसान्तसम्ममा ३४ अर्ब ९० करोड ४५ लाख ४६ हजार रुपैयाँ पुगेको छ । सो कोषबाट हालसम्म ८ लाखभन्दा बढीले सेवा तथा सुविधा प्राप्त गरिसकेको नेपाली सेनाले जनाएको छ ।

कल्याणकारी बोर्डमार्फत प्रदान गरिँदै आएको सेवालाई थप प्रभावकारी तुल्याउन सरकारको नीतिगत र आर्थिक सहयोगको लागि आवश्यक अध्ययन र समन्वय हँुदै आएको सेनाले जनाएको छ । सेनाले गत वैशाखमा गएको भूकम्पमा परी मृत्यु, बेपत्ता तथा भौतिक क्षति बेहोरेका वहालवाला तथा अवकास प्राप्त गरी ५३ हजार ७ सय ७५ जनालाई राहत स्वरूप कल्याणकारी कोषबाट २ अर्ब ४९ करोड ५ लाख ५७ हजार रकम प्रदान गरेको थियो ।

राष्ट्रिय भेलाको उद्घाटन गर्दै प्रधानसेनापति राजेन्द्र क्षत्रीले राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि संविधानप्रति प्रतिवद्धरही राष्ट्रियहितको संरक्षण, सम्वद्र्धन तथा प्रवद्र्धनको लागि नेपाली सेना सदा समर्पित रहदै आएको बताए ।

‘कल्याणकारी कोषका हिताधिकारीलाई सहयोग तथा सुविधा प्रदान गर्ने सम्बन्धमा संगठनबाट थप चिन्तन र अध्ययन हँुदै आएको छ’, उनले भने । समारोहमा वहालवाला सैनिकलाई लघुवित्त सञ्चालन गर्न अन्यन्तै न्यून व्याजमा ऋण प्रदान गरिएको चेक हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया