सर्वाधिक गोलकर्ता पक्राउ

world star footballer abby-wambach arresteedलस एन्जल्स । अमेरिकाकी महिला पूर्वमहिला फुटबल खेलाडी एब्बी वाम्बाच पक्राउ परेकी छन् । सन् २०१५ को विश्वकप अमेरिकालाई जिताउन महत्वपूर्ण भूमिका खेलेकी उनी रक्सी खाएर गाडी चलाएको आरोपमा पक्राउ परेकी हुन् । ३५ वर्षीय एब्बी राष्ट्रिय टिमका लागि विश्वकै सर्वाधिक गोलकर्तासमेत हुन् ।

गत डिसेम्बरमा सन्यासको घोषणा गरेकी एब्बीको रकेर्डलाई पुरुषतर्फका विश्व स्टारले पनि बनाउन सकेका छैनन् । उनले राष्ट्रिय टिमबाट २ सय ५५ खेलमा १ सय ८४ गोल गरेकी छन् । उनीले गरेको गोल नै राष्ट्रिय टिमबाट गरेको सर्वाधिक गोल हो । उनले अमेरिकी टिमबाट सन् २००४ र २०१२ मा ओलम्पिकमा स्वर्णपदक दिलाउन भूमिका खेलेकी थिइन् ।

सन् २०१२ मा फिफा महिला वर्ष खेलाडी बनेकी थिइन् । उनी ६ पटकसम्म अमेरिकी वर्ष फुटबल खेलाडी घोषित भएकी थिइन् । (एजेन्सी)

प्रतिक्रिया