नोर्बुले जिते कर्पोरेट गल्फ उपाधि

काठमाडौं, २० चैत । नयाँपत्रिका प्रालिले पहिलोपटक आयोजना गरेको नयाँपत्रिका कर्पोरेट गल्फ कप प्रतियोगिताको उपाधि क्याप्टेन नोर्बु शेर्पाले जितेका छन् । एसियाकै प्रसिद्ध गल्फ कोर्स गोकर्णमा शनिबार सम्पन्न प्रतियोगितामा नोर्बुले सर्वाधिक ४० स्कोर गरेका थिए । उनले ट्रफीसहित ३० हजार रुपैया बराबरको गिफ्ट भौचर पाएका छन । अन्नपूर्ण दैनिकका फोटो संपादक गोपाल चित्रकार उपविजेता बनेका छन् । उनले २० हजार रुपैयाँ बराबर गिफ्ट भौचर पाए । प्रतियोगिताकै मुख्य आकर्षक उपहार फोर्ड फिगो कसैले जित्न सकेनन् । होल इन वानमा फोर्ड फिगो उपहार राखिएको थियो । ३÷४ ह्यान्डी क्यापमा ८२ गल्फरले सहभागिता जनाएको कर्पोरेट गल्फ प्रतियोगिताको उद्घाटन नयाँ प्रत्रिका प्रालिका अध्यक्ष तथा संपादक कृष्णज्वाला देवकोटाले उद्घाटन गरेका थिए ।

च्याम्पियन गल्फर नोर्बुले १८ मध्ये ४ होलमा बर्डिज हात पारेका छन् । उनले ४ सय १५ यार्डको ६ होल, ५ सय १८ यार्डको १२औँ होल तथा ३ सय ९० याडको १९औँ होलमा बर्डिज हात पारेका हुन् । उनले ३ सय ९५ होलको पहिलो होल, ५ सय ४५ यार्डको तेस्रो होल तथा ५ सय ५३ याडको १५औँ होलमा बोगीको सामना गरे । नोर्बुले प्रतियोगितामा ३८ अंकका साथ उत्कृष्ट ग्रोस गरे ।

चित्रकार र संघाइबीच टाइ
रोमाञ्चक गल्फ प्रतियोगिताको पुरुषतर्फ दोस्रो स्थान टाइ भएको थियो । चित्रकार र सैलेस संघाईले ३÷४ ह्यान्ड क्यापमा समान ३८ स्कोर गरे । चित्रकारले काउन्टर ब्याकमा स्कोर गर्दै दोस्रो स्थान रक्षा गर्न सफल भए । चित्रकार र संघाइबीच प्रतिस्पधात्मक खेल चलेको थियो । महिलातर्फको उपाधि रेखा घिमिरेले जितिन् । उनले उपाधि कुम्ल्याउन छोरी अदिती घिमिरेलाई हराइन् । रेखाले महिलातर्फ च्याम्पियनबन्दा सर्वाधिक २५ अंक हात पारेकी थिइन् । छोरी अदितीले दोस्रो स्थान रक्षा गर्दा २१ अंक बटुलिन् । छोरीलाई निराश पार्दै उपाधि जित्दा नमज्जा लागेको रेखाले बताएकी छिन् । ‘छोरीलाई नै पराजित गरी उपाधि जित्दा रमाइलो लागेन,’ उनले भनिन्,

‘सक्दो छोरीले नै उपाधि जितोस् भन्ने चाहना राखेकी थिइन् ।’ घलेले जिते उत्कृष्ट ग्रोस प्रतियोगितामा टासी घलेले उत्कृष्ट ग्रोस उपाधि जिते । घलेले उपाधि जित्न कडा मिहिनेत गरेका थिए । उनी र टासी डोङ्ग छिरिङबीच टाइ भएको थियो । दुवै गल्फरले सामान ३५ ग्रोस अंक हात पारेका थिए । घलेले ब्याक नाइनमा १७ अंक बटुल्दा च्याम्पियन बने । छिरिङले ब्याक नाइनमा १६ अंक मात्र गर्न सफल भए । यसैबीच, ८२ प्रतिस्पर्धी मध्ये सिनियरतर्फको उपाधि लोब्साङ टासीले जितेका छन् । उनले ६० वर्षमाथि समूहमा उपाधि हात पारेका हुन् । यसैगरी विजय श्रेष्ठ इनाआउसले लामो ड्राइस उपाधि जितेका छन् । टासी डोङ्गले सर्वाधिक बडिज प्रहार गरेका थिए । उनले ४ बर्डिज प्रहार गरेका थिए । यसैगरी प्रतियोगितामा द हिमालन टाइम्स र नेपाल गल्फ एसोसिएसन सम्मानित भएका छन् । गल्फ विकासमा पु¥याएको योगदान स्वरूप यी दुई संस्थालाई सम्मानित गरिएको हो ।

पुरस्कृत गरेका व्यक्तित्व प्रतियोगिताका विजेता खेलाडीलाई अनुसन्धान दुरुपयोगका प्रमुख आयुक्त लोकमान कार्की, नेपाल सरकारका मुख्यसचिव सोमलाल सुवेदी, एपिएफका कायमुकायम महानिरिक्षक दुर्जकुमार राई, काठमाडौं जिल्ला प्रशासनका सिडिओ रामकृष्ण सुवेदी, गोकर्ण गल्फ कोर्सका अध्यक्ष सुहृद घिमिरे तथा नयाँ पत्रिका प्रालिका अध्यक्ष तथा संपादक कृष्ण ज्वाला देवकोटाले पुरस्कृत गरेका थिए । प्रतियोगितामा विजेतालाई रेमन्डको मेड टु मेजर गिफ्ट भौचर प्रदान गरेको छ ।

प्रतिक्रिया